भिमसेन मन्दिर पूनर्निर्माण गर्न हिमालयन बैंकको आर्थिक सहयोग
काठमाडौं– हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७२ साल बैशाख महिनाको महाभुकम्पमा क्षतिग्रस्त भएको पाटन दरवार क्षेत्रमा अवस्थित भिमसेन मन्दिरको पुनर्निर्माणको लागि पाँच लाख बराबरको आर्थिक सहायता प्रदान गरेको छ ।
बंैक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्ण लाल महर्जनलाई पाटन दरवार क्षेत्रमा आयोजित एक समारोहका बीच हस्तान्तरण गरे ।
सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, ललितपुरका प्रतिष्ठित व्यापारीहरु तथा बैंकका संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, सहायक महाप्रबन्धकहरुको उपस्थिति थियो ।
संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा पाटन दरवार क्षेत्र तथा कृष्ण मन्दिर पुनर्निर्माण गर्न एक करोड प्रदान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण