भिमसेन मन्दिर पूनर्निर्माण गर्न हिमालयन बैंकको आर्थिक सहयोग
काठमाडौं– हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७२ साल बैशाख महिनाको महाभुकम्पमा क्षतिग्रस्त भएको पाटन दरवार क्षेत्रमा अवस्थित भिमसेन मन्दिरको पुनर्निर्माणको लागि पाँच लाख बराबरको आर्थिक सहायता प्रदान गरेको छ ।
बंैक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्ण लाल महर्जनलाई पाटन दरवार क्षेत्रमा आयोजित एक समारोहका बीच हस्तान्तरण गरे ।
सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, ललितपुरका प्रतिष्ठित व्यापारीहरु तथा बैंकका संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, सहायक महाप्रबन्धकहरुको उपस्थिति थियो ।
संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा पाटन दरवार क्षेत्र तथा कृष्ण मन्दिर पुनर्निर्माण गर्न एक करोड प्रदान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई