सांसदको सपथ लिएपछि विद्या भट्टराईको आयो यस्तो प्रतिक्रिया

काठमाडौँ । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधसभा सांसद विद्या भट्टराईले पद तथा गोपनियताको सपथ लिएकी छिन् ।
मंसिर १४ गते भएको उपनिर्वाचनबाट निर्वाचित भट्टराईले संसद सचिवालयमा उपसभामुख शिवमाया तुम्बाहाम्फेबाट पद तथा गोपनियताको सपथ लिएकी हुन् ।
सपथपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद भट्टराईले जनतासँग गरेका वाचाहरु आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिवद्धता जनाइन् ।
संविधानले निर्दष्ट गरेअनुसार संसदमा आफ्नो भूमिका रहने बताउँदै भट्टराईले तीन वर्षमा नीति निर्माण र विकास निर्माणका कामहरु पुरा गर्ने प्रतिवद्धता जनाइन् ।
‘पाँच वर्षका लागि भएको निर्वाचनमा २ वर्षपछि उपनिर्वाचन भएको छ । तीन वर्ष बाँकी छन् । यो अवधिमा पहिलो नीति निर्माणमा भूमिका खेल्ने हो । दोस्रो विकास निर्माणमा अपूर्ण रहेका कामहरु पुरा गर्ने हो । यी दुबै काम तीन वर्षमा पुरा गर्ने प्रतिवद्धता जनतामाझ गरेको छु । यी कामहरु पुरा गर्छु’, उनले भनिन् ।
मंसिर १४ गते भएको उपनिर्वाचनमा विजयी भएकी भट्टराईलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले पद तथा गोपनियताको सपथ गराएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोर्ड तथा परिषद हटाउने प्रयास गर्दै बागमती सरकार
-
सङ्घ र प्रदेशको अधिकारको विवादले वन मुद्दा फछ्र्यौट हुनै सकस
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित तीन वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर
-
अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो