सांसदको सपथ लिएपछि विद्या भट्टराईको आयो यस्तो प्रतिक्रिया
काठमाडौँ । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधसभा सांसद विद्या भट्टराईले पद तथा गोपनियताको सपथ लिएकी छिन् ।
मंसिर १४ गते भएको उपनिर्वाचनबाट निर्वाचित भट्टराईले संसद सचिवालयमा उपसभामुख शिवमाया तुम्बाहाम्फेबाट पद तथा गोपनियताको सपथ लिएकी हुन् ।
सपथपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद भट्टराईले जनतासँग गरेका वाचाहरु आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिवद्धता जनाइन् ।
संविधानले निर्दष्ट गरेअनुसार संसदमा आफ्नो भूमिका रहने बताउँदै भट्टराईले तीन वर्षमा नीति निर्माण र विकास निर्माणका कामहरु पुरा गर्ने प्रतिवद्धता जनाइन् ।
‘पाँच वर्षका लागि भएको निर्वाचनमा २ वर्षपछि उपनिर्वाचन भएको छ । तीन वर्ष बाँकी छन् । यो अवधिमा पहिलो नीति निर्माणमा भूमिका खेल्ने हो । दोस्रो विकास निर्माणमा अपूर्ण रहेका कामहरु पुरा गर्ने हो । यी दुबै काम तीन वर्षमा पुरा गर्ने प्रतिवद्धता जनतामाझ गरेको छु । यी कामहरु पुरा गर्छु’, उनले भनिन् ।
मंसिर १४ गते भएको उपनिर्वाचनमा विजयी भएकी भट्टराईलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले पद तथा गोपनियताको सपथ गराएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण