यी हुन् २०२० मा बलिउडमा हुने ५ ठुला भिडन्त
मुम्बई । वर्ष २०१९ विदा हुने अन्तिम पहरमा छ । त्यसैले सबै नयाँ वर्षको स्वागतमा जुटिसकेका छन् । बलिउडमा पनि नयाँ बर्षको स्वागत गर्ने तयारी धुमधामका साथ भइरहेको छ । वर्ष २०२० मा बक्स अफिसमा कयौं बहुप्रतिक्षित फिल्म रिलिज हुँदैछ । ती फिल्म मध्ये केही फिल्म एक अर्काेसँग समेत भिड्ने छन् । वर्ष २०२० मा भिड्ने तयारीमा रहेका बलिउडका १० फिल्म ।
‘छपाक’ भर्सेज ‘तानजी’
नयाँ बर्ष अर्थात २०२०मा सबैभन्दा पहिले १० जनवरीमा दुई नयाँ फिल्म ‘छपाक’ र ‘तानजी’ भिँड्दै छन् । ‘छपाक’ दीपिका पादुकोणको मुख्य भूमिका रहेको फिल्म हो भने र ‘तानजी’ मा अजय देवगन मुख्य भूमिकामा छन् । दुबै फिल्मको बक्सअफिसमा ठुलै टक्कर हुने देखिएको छ ।
‘मलंग’ भर्सेज ‘लव आजकल’
२०२० मा भ्यालेन्टाइनको् अवसर पारेर फिल्म ‘लव आजकल’ र ‘मलंग’ रिलिज हुँदैछ । ‘लव आजकल’ सारा अलि खान र कार्तिक आर्यनको मुख्य भूमिका रहेको फिल्म हो भने ‘मलंग’मा आदित्य राय कपुर र दिशा पटानीको मुख्य भूमिका देख्न सकिन्छ । दुबै फिल्म अहिले चर्चामा छ ।
‘पंगा’ भर्सेज ‘स्ट्रीट डान्सर –३’
एक्लै फिल्म चलाउन सक्ने अभिनेत्री कंगना रानावत अभिनित फिल्म ‘पंग’ फिल्म ‘स्ट्रीट डान्सर’सँग भिड्दै छ । ‘स्ट्रीट डान्सर’ बरुण धवनको मुख्य भुमिका रहेको फिल्म हो ।
‘द हान्टेड शिप’ भर्सेज ‘शुभ मंगल ज्यादा सावधान’
२०१९ मा बेष्ट अभिनेताको अवार्ड बिजेता आयुष्मान खुराना र बिक्की कौशलका फिल्म २०२०मा एक अर्काेसँग भिड्ने छ । बलिउडका हिट मेशिन आयुष्मानको फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ बिक्की कौशलको पहिलो हान्टपार्ट वन अर्थात द हान्टेड शिपसँग भिँड्दै छ ।
‘राधे’ भसेर्ज ‘लक्ष्मी बम’
राधे र लक्ष्मी बम फिल्मको भिडन्त वर्ष २०२०को सबैभन्दा ठुलो भिडन्त हुनसक्छ । ‘राधे’ सलमान खानको फिल्म हो भने ‘लक्ष्मी बम’ अक्षयकुमार अभिनित प्रतिक्षित फिल्म हो । २०२०को ईदको अवसरमा दुबै फिल्म रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण