समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
सारांश
- नेपाल पत्रकार महासंघले जिल्ला अदालत काठमाडौँले अनलाइन समाचार हटाउन दिएको आदेशप्रति आपत्ति जनाएको छ ।
- महासंघले अदालतको आदेश स्वतन्त्र पत्रकारिताको मर्ममा प्रहार भएको र पत्रकार आचारसंहिताको विपरीत रहेको जनाएको छ ।
- समाचारको सत्यता परीक्षण गर्ने क्षेत्राधिकार प्रेस काउन्सिलको भए पनि अदालतको आदेशले त्यससँग तादाम्यता नमिलेको महासंघको ठहर छ ।
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले अनलाइनमा प्रकाशित समाचार हटाउन र पुनः प्रसारण नगर्न दिएको अन्तरिम आदेशप्रति नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विद्युतीय कार बीवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साईमेक्स ईन्क प्रालिसम्बन्धी ‘बिजनेसन्युज डटकम’मा प्रकाशित समाचार हटाउन अदालतले दिएको आदेशप्रति महासंघले आपत्ति जनाएको हो । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा मंगलबार जारी विज्ञप्तिमा अदालतको उक्त आदेशले स्वतन्त्र पत्रकारिताको मूल मर्ममा प्रहार गरेको उल्लेख छ ।
अदालतले २०८३ जेठ २५ मा भएको अन्तरकालीन आदेशलाई निरन्तरता दिँदै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म ‘बिजनेश भेन्चर मिडिया प्रालि’द्वारा सञ्चालित सञ्चारमाध्यम तथा अनलाइनमा ती समाचार सामग्री प्रकाशन र प्रसारण नगर्न तथा भएका सामग्रीहरू तुरुन्तै हटाउन आदेश दिएको थियो ।
महासंघले यो आदेश पत्रकार आचारसंहिता २०७३ को बुँदा ५ (८) मा रहेको ‘अनलाइन सञ्चारमाध्यमबाट समाचार हटाउनु (पोष्ट डिलिट) हुँदैन’ भन्ने प्रावधानसँग मेल नखाएको स्पष्ट पारेको छ । साथै, समाचारको सत्यता परीक्षण गर्ने कानुनी क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको भए पनि अदालतको आदेशले त्यससँग तादाम्यता नमिलाएको महासंघको ठहर छ ।
समाचारमा समावेश भएका तथ्य सही वा गलत भन्ने निष्कर्षमा नपुगी समाचार हटाउन आदेश दिँदा प्रमाण नष्ट हुन सक्ने खतरा निम्त्याएको महासंघले जनाएको छ ।
हेर्नुहाेस् विज्ञप्ति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण