प्रहरी जवान घुससहित रङ्गेहात पक्राउ
बुधबार, ०२ पुस २०७६, १८ : ३०

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारामा एक जना प्रहरी जवानलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादवले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिदै गरेको पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
जवानले घरेलु मदिरा बिक्री वितरणमा समस्या नहुन र सहज वातावरण हुने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटेको टोलीले उनलाई बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ बाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
जवान यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल