प्रहरी जवान घुससहित रङ्गेहात पक्राउ
बुधबार, ०२ पुस २०७६, १८ : ३०
बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारामा एक जना प्रहरी जवानलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादवले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिदै गरेको पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
जवानले घरेलु मदिरा बिक्री वितरणमा समस्या नहुन र सहज वातावरण हुने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटेको टोलीले उनलाई बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ बाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
जवान यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण