सीमा क्षेत्रमा ११४ सुरक्षा पोष्ट थपिने
बिहीबार, ०३ पुस २०७६, १५ : ३१
काठमाडौँ । सरकारले सीमा क्षेत्रमा ११४ सुरक्षा पोष्ट थप गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बिहीबार जनाएअनुसार मङ्सिर ३० गते बसेको मन्त्रिपरिषद बैठकले सीमा क्षेत्रमा ११४ सीमा सुरक्षा पोष्ट थप गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले सीमा क्षेत्रमा ११४ वटा सुरक्षा पोष्ट थप गरिने बताएका हुन् । यसअघि १०७ वटा सीमा सुरक्षा पोष्ट थिए । सीमा सुरक्षा पोष्ट थपिएसँगै अब २२१ वटा सुरक्षा पोष्ट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतमा प्रसाईँको दाबी : ‘चरीजस्तै मारिन्छु भन्ने थाहा पाएपछि ज्यान जोगाउन भारत भागेँ’
-
राजतन्त्र होइन उन्नत व्यवस्था खोजिरहेछन् जनता
-
भिजिट भिसामा विदेश गएकाहरूकाे विषयमा श्वेतपत्र सार्वजनिक गर्न माग
-
कैलाश गाउँपालिका पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा
-
लोकतन्त्रलाई बलियो बनाउन सुशासन र समृद्धि आवश्यक छ : उपाध्यक्ष श्रेष्ठ
-
मनसुनजन्य विपद् प्रतिकार्यका लागि कृत्रिम अभ्यास