रूस र चीनबीचको सम्बन्ध थप मजबुत गरिन्छ: भ्लादिमिर पुटिन
मस्को । रूस र चीनबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत हुनु विश्वव्यापी स्थायित्वका लागि आवश्यक रहेको रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।
बार्षिकरूपमा हुने सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै नेता पुटिनले भने, ‘रूस र चीनबीचको सम्बन्ध मजबुत बन्दा यसबाट यी दुई समाजवादी मुलुकका जनतालाई फाइदा हुनुका साथै विश्वव्यापी आर्थिक तथा राजनीतिक स्थायित्वमासमेत महत्वपूर्ण योगदान पुग्नेछ ।’
उनले चीनसँगको सम्बन्ध बिस्तारलाई थप जोड दिँदै भने, ‘चीनसँग हाम्रो सहकार्य निकै महत्वपूर्ण छ । त्यसैलाई मध्यनजर गर्दै रूस र चीनबीच बहुआयामिक रणनीतिक सम्बन्ध बिस्तार गरिनेछ । मलाई विश्वास छ कि यसबाट चीन र रूसका जनतालाई फाइदा पुग्नेछ ।’
उनले भने, ‘रूस र चीनबीचको सहकार्यले अन्तर्राष्ट्रिय स्थायित्वमा महत्वपूर्ण प्रभाब पार्नेमा हामीलाई कुनै शङ्का छैन । यसले अन्तर्राष्ट्रिय कानून सुधारका क्षेत्रमा प्रोत्साहन गर्न सहयोग पुग्छ ।’ सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण