नवलपरासीमा ठुलो परिमाणमा लागुऔषधसहित २ जना पक्राउ

बुटवल । पश्चिम नवलपरासीबाट प्रहरीले ठुलो परिणमा लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । भैरहवाबाट पोखरातर्फ जाँदै गरेका २ वटा बसबाट देविनरगरस्थित महेन्द्र राजमार्गमा चेकजाँच गर्दा शुक्रबार बिहान साढे १० बजे लागुऔषसहित उनीहरु पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता डिएसपी वीरेन्द्र थापाकाअनुसार पक्राउ पर्नेमा ललितपुर जिल्ला गोदावारी नगरपालिका –१ चापागाउँका २६ वर्षीय नरेश लामा र पोखरा महानगरपालिका–१५ गलेश्वरका १५ वर्षीय विशाल सुनार रहेका छन् ।
लामाको साथबाट प्रहरीले डाईजेपाम २३ थान, नुफ्रिन–२०, एम्पुल, फेनरागन– २३ र एम्पुल सिरिज–४ थान लागुऔषध बरामद गरेको छ । त्यस्तै सुनारको साथबाट पेरागन –२२१ थान, नुफ्रिन–२२६ थान, एम्पुल –२२१ थान वरामद गरिएको छ । उनीहरुविरुद्ध लागुऔषध कारोवार विरुद्धको मुद्धा दायर गर्ने तयार गरिएको प्रहरीले जनाएको छ ।