नवलपरासीमा ठुलो परिमाणमा लागुऔषधसहित २ जना पक्राउ
बुटवल । पश्चिम नवलपरासीबाट प्रहरीले ठुलो परिणमा लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । भैरहवाबाट पोखरातर्फ जाँदै गरेका २ वटा बसबाट देविनरगरस्थित महेन्द्र राजमार्गमा चेकजाँच गर्दा शुक्रबार बिहान साढे १० बजे लागुऔषसहित उनीहरु पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता डिएसपी वीरेन्द्र थापाकाअनुसार पक्राउ पर्नेमा ललितपुर जिल्ला गोदावारी नगरपालिका –१ चापागाउँका २६ वर्षीय नरेश लामा र पोखरा महानगरपालिका–१५ गलेश्वरका १५ वर्षीय विशाल सुनार रहेका छन् ।

लामाको साथबाट प्रहरीले डाईजेपाम २३ थान, नुफ्रिन–२०, एम्पुल, फेनरागन– २३ र एम्पुल सिरिज–४ थान लागुऔषध बरामद गरेको छ । त्यस्तै सुनारको साथबाट पेरागन –२२१ थान, नुफ्रिन–२२६ थान, एम्पुल –२२१ थान वरामद गरिएको छ । उनीहरुविरुद्ध लागुऔषध कारोवार विरुद्धको मुद्धा दायर गर्ने तयार गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण