चन्द्रागिरीमा सञ्चालित इट्टा भट्टाको मजदुर आन्दोलित
काठमाडौँ । चन्द्रागिरी र कीर्तिपुरका इट्टा भट्टा हटाउने माग राख्दै आन्दोलन गरेपछि मजदुर र व्यसायीहरूले संघर्ष समितिको विरूद्धमा आन्दोलन गरेका छन् ।
नगरपालिका उद्योगको अभिभावक हो, वैधानिकतापूर्वक सञ्चालनमा रहेका इट्टा उद्योग सञ्चालन गर्न पाउनुपर्छ, मजदुरको रोजीरोटी खोस्न पाइदैँन्, मजदुरको सुरक्षा चाहियो, उद्योग निर्माणको मेरुदण्ड हो, मजदुरको रोजगारीलाई आक्रमण गर्न पाइदैँन भन्दै सयौंको संख्यामा बाजागाजासहितको ¥यालीसहित विरोध गरेका हुन् ।
अखिल नेपाल निर्माण मजदुर सघंका अध्यक्ष अमित लोप्चनको नेतृत्वमा इट्टाभट्टामा कार्यरत मजदुरहरु चन्द्रागिरी–१५ बिष्णुदेवी मन्दिरबाट सुरू भएको ¥याली बिष्णुदेवी हुँदै चन्द्रागिरी नगरपालीकाको कार्यलय पुगेर टुङ्गिगएको थियो ।
हिरा इट्टाभट्टाका सञ्चालक बिकी महर्जनले काठमाडौँमा हाल सञ्चालनमा रहेका इट्टा उद्योगहरू भएको ठाउँमा पहिले मानव वस्ती नरहेको बताउँछन् । उनी भन्छन्, ‘कस्तो ठाउँमा कस्तो उद्योग राख्दा प्रदूषण मात्रा के रहन्छ भन्ने जानेरै उतिबेला इट्टाभट्टा खोल्न अनुमति दिइएको हो । इट्टाभट्टा जहाँको त्यहीँ छ, तर केही वर्षयता वस्तीहरू इट्टाभटा भएको ठाउँमै आइपुगे । भट्टाबाट सस्तोमा इट्टा लिएर घर पनि बनाए तर अहिले प्रदूषण भयो भन्दै भट्टाविरुद्ध लागेका छन् ।’
भट्टा व्यवसायी किरण कार्कीले हजारौं मजदुर र व्यवसायीमाथिको प्रहार बन्द नगरे मजदुर र व्यसायी चुप लागेर नबस्ने चेतावनी दिए । अब इट्टा उद्योग बन्द गर्ने कि लखेट्दा लखेट्दै कर्णाली पुर्याउने उनको तर्क थियो ।
अखिल नेपाल निर्माण मजदुर सघंका अध्यक्ष अमित लोप्चनले भएका उद्योगधन्दा बन्द गर्दै जाने, देशमा गरिबी बेरोजगारी बढाउने र व्यक्तिगत स्वार्थका लागि केही समूहको झुन्ड बनाएर आन्दोलन गर्नु भनेको नियोजित र मजदुरको मुखमा लाती हाने परिपाटी अन्त्य गरिने बताए ।
यता कात्तिक ३ गतेदेखि इट्टाभट्टा हटाउ संघर्ष समिति र दबाब समूह नै बनाएर स्थानीय बासिन्दा पनि उद्योग बन्द गराउन लागिपरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण