सरकारले बढाएको करका कारण व्यवसायीलाई असहज भयोः चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ
काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारकै कारण नेपालमा उद्योगधन्दा संचालनमा कठिनाई भएको बताएका छन् ।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै चेम्बरका अध्यक्ष श्रेष्ठले सरकारले लगाएको करको कारण अझैपनि उद्योगी–व्यवसायीहरु खुसी हुन नसकेको बताएका हुन्।
श्रेष्ठले सरकारले औद्योगीकरण गर्ने नाममा बढाएको भन्सार र अन्तःशुल्क कर तथा विभिन्न स्थानीय तहहरुले लगाएको करको कारण व्यवसायीलाई असहज भएको गुनासो गरे ।
उनले सरकारले लागू गरेको भेइकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस), स्थायी लेखा नम्बर (प्यान) र सामाजिक सुरक्षा कोषले श्रमिकहरुमा अझै असहजता थपिएको बताए ।
त्यसै गरी महासंघका अध्यक्ष भूपेन्द्र गिरीले फर्निचर तथा फर्निसिङ क्षेत्रको सम्भावना रहेकाले यस क्षेत्रको विकासका लागि सरकारको सहयोग आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण