‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
बिहीबार, ०७ साउन २०८३, १९ : ५७
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले रैथाने (स्थानीय) उत्पादन संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कानुन निर्माण गरिने बताएकी छिन्। संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)का नेपाल प्रतिनिधि केन सिमिजुले आज गर्नुभएको शिष्टाचार भेटमा मन्त्री यादवले त्यससम्बन्धी कानुन तर्जुमाको पहल भइरहेको बताइन्।
भेटमा एफएओका नेपाल प्रतिनिधि केनले एसियाली क्षेत्रका सबै मुलुकमा ‘जिओग्राफिकल इन्डिकेसन’ (जिआई) प्रणाली लागू भइसकेको जानकारी गराएका थिए। नेपाली रैथाने वस्तुको जिआई दर्ता नहुँदा त्यसको प्रत्यक्ष मार नेपालले खेप्नु परेको उल्लेख गर्दै उनले यसलाई रोक्न तत्काल प्रभावकारी कानुन बनाएर कार्यान्वयनमा लैजान जोड दिनुभएको उद्योगमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण