बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

विवाहको प्रलोभनमा यौनशोषण : युवतीले लिङ्गमा चक्कु प्रहार गर्दा ज्यान मुद्दा !

आइतबार, ०६ पुस २०७६, १६ : ५१
आइतबार, ०६ पुस २०७६

काठमाडौ । आफ्नी छोरीमाथि जबरजस्ती करणी गर्न खोज्दा भएको घटनामा बौद्ध प्रहरीले एकपक्षीय कुरामात्र सुनेको भन्दै यौनहिंसामा परेकी पवित्रा (नाम परिवर्तन) की आमा विमाया तामाङ्गले आज सञ्चार केन्द्र नेपालमा एक पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् ।

तामाङ्गका अनुसार गत मंसिर २३ गतेका दिन मकवानपुर जिल्ला हेटौडा घर भइ हाल काठमाडौँ बौद्ध बस्ने २१ वर्षीय राजीव सिकारी सुनुवारले आफ्नो छोरीमाथि जबरजस्ती करणी गर्न खोज्दा आफूलाई बचाउ गर्ने क्रममा प्रतिकार गर्दा सिकारीको लिङ्गमा चोट लागेको थियो । सोही आरोपमा आफ्नी छोरीलाई महानगरीय प्रहरी प्रभाग बौद्धले ज्यान मार्ने उद्योगमा हिरासतमा लिएको जानकारी गराइन् ।

तामाङ्गले घटना घटिसकेपछि प्रहरीले केटापक्षको दबाब र प्रभावमा परी आफूहरुको जाहेरीसमेत नलिएको भन्दै न्याय दिलाउन सम्पूर्ण सञ्चारकर्मीहरुसमक्ष अपिल गरिन् ।

उनले भनिन्–‘आफ्नो अस्मिता जोगाउन हरतरहले प्रयासरत रहेकी मेरी छोरीले न्याय पाउनुपर्नेमा उल्टो बलात्कारीलाई पक्षपोषण गर्ने गरी पिडितलाई ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा चलाउँदा हामीहरु अन्यायमा परेका छौँ ।’

प्रहरीले नै पीडक पक्षको पक्षपोषण गरी हामीलाई पिडामाथि थप पिडा दिएकोले हाम्रो परिवार न्यायको खोजिमा छौँ भन्दै दुवैतर्फ निष्पक्ष छानविन गर्न माग गरिन् ।

घटना कसरी घट्यो ?

विगत एक वर्षदेखि मकवानपुर हेटौँडाका २१ वर्षीय राजीव सिकारी सुनुवार र  २० वर्षीय युवती पवित्राबीच प्रेम रहँदै आए । यसबीचमा केटाले पवित्रालाई विवाह गर्ने प्रलोभन देखाएर पटक–पटक यौनसम्पर्क समेत राख्न सफल भए ।  ८/१० महिनासम्म नियमित यौनसम्पर्क राखेपछि पवित्राले राजीवलाई विवाहको प्रस्ताव गरे । तर केटाले आफ्नो २÷३ जना गर्लफ्रेड रहेको भन्दै सुनितासँग विवाह गर्न अस्वीकार गरे । केटाले आफूलाई विवाह नगर्ने भनेपछि प्रेमा छाँगाबाट खसेजस्तै भइन् । एकातिर विश्वासघात अर्कोतर्फ अस्मिता समेत लुटियो ।

त्यति भइसकेपछि पनि राजीव पुनः पवित्रासँग यौनसम्बन्ध राख्न गत मंसिर २३ गते पवित्राको कपनस्थित डेरामा पुगे । डेरामा ३ घण्टा बिताए । तामाङ्गका अनुसार यसबीचमा राजीवले शरीरको कपडा खोलेर खाटमा पल्टिएपछि प्रेमाको रिसको पारो चढ्यो । उनले तरकारी काट्ने चक्कु निकाले र राजीवको लिङ्गमै आक्रमण गरे । घटनामा राजीवको लिङ्गमा चोट लाग्यो भने प्रेमाको हातमा पनि चोट लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप