बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

यस्तो देखियो ‘जिउँदो’ को ट्रेलर

सोमबार, ०७ पुस २०७६, ११ : १७
सोमबार, ०७ पुस २०७६

काठमाडौँ । फिल्म ‘जिउँदो’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्म भित्रका मुख्य केही अंश समेटिएको छ ।

पुजन घिसिङ, बुद्धिमान राई, प्रशान्त बराइली, अन्ना डन्नेबर्गा, एभलीन स्टिम्पफिग, निखिल गुरुङ, अशोक तामाङ लगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ ।

अलमिस्ट सुब्बाको निर्देशन रहेको फिल्म रोशन लखोटिया, नम्रता शर्मा र आशिष सुब्बाले मिलेर बनाएका हुन् ।

अभिजित सरकार कार्यकारी निर्माता रहेको फिल्ममा चञ्चल थापा र भास्कर थामीको छायाँकन, समीर शर्मा, रजत विश्वास, अभिषेक ‘पिकोलो’ राई, सुमित राई, दिवस विश्वासको संगीत छ ।

अलमिस्ट प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको सम्पूर्ण छायाँकन पूर्वी नेपाल र भारतको दाजिर्लिङमा गरिएको हो । फिल्मको वितरण भारतका लागी भिमोसन पिक्चर्स र नेपालका लागी सुनिल मानन्धरले गर्ने भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप