झारखण्ड चुनाव : कंग्रेसको गठबन्धन बहुमततर्फ अग्रसर, भाजपाले अर्को राज्य गुमाउने सम्भावना प्रबल
झारखण्ड विधान–सभा चुनावको मतगणना अहिले जारी छ । सम्पूर्ण मतगणना नसकिएको भए पनि कंग्रेस, झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र राजदको गठबन्धनले बहुमत सिटमा अग्रता लिइरहेका छन् ।
मध्यान्न सार्वजनिक पछिल्लो मतगणनामा भाजपा ३१ स्थानमा अग्रता देखिन्छ । यो अघिल्लो विधानसभा निर्वाचनमा भाजपा ३७ स्थानमा विजयी भएको थियो ।
त्यस्तै कंग्रेस–जेएमएम–राजदको गठबन्धनले कुल ४० स्थानमा अग्रता लिएका छन् । त्यसमा जेएमएम २३ स्थानमा अग्रता, कंग्रेस १३ स्थानमा र राजता ४ स्थानमा अग्रता लिएको छ ।
८१ सिटको झारखण्ड विधानसभामा बहुमतको लागि ४१ सिटमा विजय हासिल गर्नुपर्छ ।
झारखण्डमा नोभेम्बर २० देखि डिसेम्बर २० बीचमा पाँच चरणको निर्वाचन भएको थियो ।
अहिलेको अग्रता अनुसारनै मत परिणाम आएमा झारखण्डको सरकाबाट पनि भाजपा बाहिरिनेछ । पछिल्लो समय महाराष्ट्रमा चुनावी गठबन्धन बनाएको शिव शेनाले गठबन्धन तोडेर अन्य दलसँग सरकार बनाएपछि महाराष्ट्रमा पनि भाजपा सत्ता बाहिर परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण