आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

झारखण्ड चुनाव : कंग्रेसको गठबन्धन बहुमततर्फ अग्रसर, भाजपाले अर्को राज्य गुमाउने सम्भावना प्रबल

सोमबार, ०७ पुस २०७६, १६ : १६
सोमबार, ०७ पुस २०७६

झारखण्ड विधान–सभा चुनावको मतगणना अहिले जारी छ । सम्पूर्ण मतगणना नसकिएको भए पनि कंग्रेस, झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र राजदको गठबन्धनले बहुमत सिटमा अग्रता लिइरहेका छन् । 

मध्यान्न सार्वजनिक पछिल्लो मतगणनामा भाजपा ३१ स्थानमा अग्रता देखिन्छ । यो अघिल्लो विधानसभा निर्वाचनमा भाजपा ३७ स्थानमा विजयी भएको थियो । 

त्यस्तै कंग्रेस–जेएमएम–राजदको गठबन्धनले कुल ४० स्थानमा अग्रता लिएका छन् । त्यसमा जेएमएम २३ स्थानमा अग्रता, कंग्रेस १३ स्थानमा र राजता ४ स्थानमा अग्रता लिएको छ । 

८१ सिटको झारखण्ड विधानसभामा बहुमतको लागि ४१ सिटमा विजय हासिल गर्नुपर्छ ।

झारखण्डमा नोभेम्बर २० देखि डिसेम्बर २० बीचमा पाँच चरणको निर्वाचन भएको थियो । 

अहिलेको अग्रता अनुसारनै मत परिणाम आएमा झारखण्डको सरकाबाट पनि भाजपा बाहिरिनेछ । पछिल्लो समय महाराष्ट्रमा चुनावी गठबन्धन बनाएको शिव शेनाले गठबन्धन तोडेर अन्य दलसँग सरकार बनाएपछि महाराष्ट्रमा पनि भाजपा सत्ता बाहिर परेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप