फुटबलमय बन्दै मोफसल
काठमाडौं । राजधानीमा जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग सकिएसँगै मोफसल पनि फुटबलमय बन्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार मोफसलमा आयोजना हुने गोल्ड कप र नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेसँगै मोफसलमा फुटबलको बहार आउने पक्का भएको हो ।
एन्फाको तालिका अनुसार लिग फुटबल सकिएपछि मोफसलको प्रतियोगितासुचारु हुनेछ । मोफसल र काठमाडौंमा गरी विभिन्न २५ वटा फुटबल प्रतियोगिता सञ्चालन हुनेछन् । तालिका अनुसार फागुन पहिलो साता पोखरामा मनकामना गोल्डकप, झापामा सताक्षि गोल्डकप र मकवानपुरमा बाग्मती गोल्डकप हुनेछ ।
यसैगरी फागुन ५ देखि चितवनमा राइनो गोल्डकप, फागुन ८ देखि १७ सम्म धरानमा बुढासुब्बा गोल्डकप र बुटवलमा तिलोत्तमा गोल्डकप हुनेछ । फागुन ११ देखि २२ सम्म धनगढीमा खप्तड गोल्डकप, फागुन १५ देखि २४ सम्म झापामा झापा गोल्डकप, पूर्वको इलाममा माइभ्याली गोल्डकप र बाग्लुङमा मेयर कप हुनेछ ।
पोखराको चर्चित आहा रारा गोल्डकप, सर्लाहीमा राजर्षी जनक कप र बीरगन्जको विशाल मेमोरियल गोल्डकप फागुन २२ देखि चैत १ सम्म चल्नेछ । फागुन २२ देखि चैत ३ गतेसम्म भरतपुरमा चितवन गोल्डकप र नेपालगन्जमा नेपालगन्ज गोल्डकप हुनेछ ।
मकवानपुरमा मकवानपुर गोल्डकप, सुनसरीमा दुहबी गोल्डकप र धनगढीमा तेस्रो सुदूरपश्चिम गौरी गंगा गोल्डकप फागुन २९ देखि चैत ८ गतेसम्म हुनेछ । सिमरामा सिमरा गोल्डकप र सुनसरीमा मदन भण्डारी गोल्डकप चैत ६ देखि १५ गतेसम्म चल्नेछ ।
सिन्धुपाल्चोकमा सिन्धु गोल्डकप, काभ्रेमा काभ्रे गोल्डकप र सुनसरीमा भरत गोल्डकप चैत १३ देखि २२ गतेसम्म चल्नेछ । एन्फाले काठमाडौंमा चैत २० देखि २९ सम्म एन्फा नकआउट फुटबल प्रतियोगिता गर्दैछ । त्यसपछि चैत २७ देखि वैशाख ६ सम्म झापामा मेचीनगर गोल्डकप हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण