सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

फुटबलमय बन्दै मोफसल

मङ्गलबार, ०८ पुस २०७६, २२ : १४
मङ्गलबार, ०८ पुस २०७६

काठमाडौं । राजधानीमा जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग सकिएसँगै मोफसल पनि फुटबलमय बन्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार मोफसलमा आयोजना हुने गोल्ड कप र नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेसँगै मोफसलमा फुटबलको बहार आउने पक्का भएको हो ।

एन्फाको तालिका अनुसार लिग फुटबल सकिएपछि मोफसलको प्रतियोगितासुचारु हुनेछ । मोफसल र काठमाडौंमा गरी विभिन्न २५ वटा फुटबल प्रतियोगिता सञ्चालन हुनेछन् । तालिका अनुसार फागुन पहिलो साता पोखरामा मनकामना गोल्डकप, झापामा सताक्षि गोल्डकप र मकवानपुरमा बाग्मती गोल्डकप हुनेछ ।

यसैगरी फागुन ५ देखि चितवनमा राइनो गोल्डकप, फागुन ८ देखि १७ सम्म धरानमा बुढासुब्बा गोल्डकप र बुटवलमा तिलोत्तमा गोल्डकप हुनेछ । फागुन ११ देखि २२ सम्म धनगढीमा खप्तड गोल्डकप, फागुन १५ देखि २४ सम्म झापामा झापा गोल्डकप, पूर्वको इलाममा माइभ्याली गोल्डकप र बाग्लुङमा मेयर कप हुनेछ ।

पोखराको चर्चित आहा रारा गोल्डकप, सर्लाहीमा राजर्षी जनक कप र बीरगन्जको विशाल मेमोरियल गोल्डकप फागुन २२ देखि चैत १ सम्म चल्नेछ । फागुन २२ देखि चैत ३ गतेसम्म भरतपुरमा चितवन गोल्डकप र नेपालगन्जमा नेपालगन्ज गोल्डकप हुनेछ ।

मकवानपुरमा मकवानपुर गोल्डकप, सुनसरीमा दुहबी गोल्डकप र धनगढीमा तेस्रो सुदूरपश्चिम गौरी गंगा गोल्डकप फागुन २९ देखि चैत ८ गतेसम्म हुनेछ । सिमरामा सिमरा गोल्डकप र सुनसरीमा मदन भण्डारी गोल्डकप चैत ६ देखि १५ गतेसम्म चल्नेछ ।

सिन्धुपाल्चोकमा सिन्धु गोल्डकप, काभ्रेमा काभ्रे गोल्डकप र सुनसरीमा भरत गोल्डकप चैत १३ देखि २२ गतेसम्म चल्नेछ । एन्फाले काठमाडौंमा चैत २० देखि २९ सम्म एन्फा नकआउट फुटबल प्रतियोगिता गर्दैछ । त्यसपछि चैत २७ देखि वैशाख ६ सम्म झापामा मेचीनगर गोल्डकप हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप