ख्रीष्टमस दिवसः नेपाली इसाईहरुले हर्षोल्लासका साथ मनाउँदै
आज इसाई धर्मावलम्बी ख्रीष्टमस दिवस मनाउँदैछन् । प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस) को उपलक्ष्यमा यो पर्व मनाइँन्छ ।
यो पर्व हरेक वर्ष डिसेम्बर महिनाको २५ तारिखका दिन विश्वभरी नै मनाउने प्रचलन रहीआएको छ । आजकै दिन २०१९ वर्षअघि प्रशु येशुको इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट जन्म भएको भन्ने विश्वास गरिन्छ ।
राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालका अध्यक्ष सिबी गहतराजका अनुसार हरेक वर्ष जस्तै यो वर्ष पनि नेपाली इसाईहरुले पनि येशुको जन्मोत्सब विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।
येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने जनाइएको छ ।
गहतराजका अनुसार नेपालमा अहिलेसम्म १२ हजार ५०० चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेका छन् ।
हर्षोल्लासका साथ साताव्यापीरूपमा विश्वभर मनाइने ख्रीष्टमसको अवसरमा सम्पूर्ण नेपालीमा प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि प्रार्थना गरेको महासंङ्घका अध्यक्ष गहतराजले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने