ख्रीष्टमस दिवसः नेपाली इसाईहरुले हर्षोल्लासका साथ मनाउँदै
आज इसाई धर्मावलम्बी ख्रीष्टमस दिवस मनाउँदैछन् । प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस) को उपलक्ष्यमा यो पर्व मनाइँन्छ ।
यो पर्व हरेक वर्ष डिसेम्बर महिनाको २५ तारिखका दिन विश्वभरी नै मनाउने प्रचलन रहीआएको छ । आजकै दिन २०१९ वर्षअघि प्रशु येशुको इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट जन्म भएको भन्ने विश्वास गरिन्छ ।
राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालका अध्यक्ष सिबी गहतराजका अनुसार हरेक वर्ष जस्तै यो वर्ष पनि नेपाली इसाईहरुले पनि येशुको जन्मोत्सब विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।
येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने जनाइएको छ ।
गहतराजका अनुसार नेपालमा अहिलेसम्म १२ हजार ५०० चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेका छन् ।
हर्षोल्लासका साथ साताव्यापीरूपमा विश्वभर मनाइने ख्रीष्टमसको अवसरमा सम्पूर्ण नेपालीमा प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि प्रार्थना गरेको महासंङ्घका अध्यक्ष गहतराजले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण