सेल्फी किङ्ग : बिपिन बने हास्यकलाकार

काठमाडौँ । अभिनेता बिपिन कार्कीलाई किङ्ग अवतारमा प्रस्तुत गरिएको फिल्म हो ‘सेल्फी किङ्ग’ । हरेक फिल्ममा फरक तथा च्यालेञ्जिङ्ग भूमिका निर्वाह गर्दै आएका बिपिन यसमा कमेडियनको रुपमा प्रस्तुत भएका छन् ।
एक हिट कमेडी कलाकारको जीवनमा आउने उतारचढाव बिषयमा आधारित फिल्ममा बिपिनले ‘सेल्फी किङ्ग’ नामले परिचित एक कलाकारको भूमिका निर्वाह गरेका छन् ।
फिल्मले ‘सेल्फी किङ्ग’ नामक हास्यकलाकारले कला यात्राको दौरानमा आफूले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउनुपर्ने संघर्षको कथामा बिषय बनाएको छ ।
निर्माता सुभाष थापा र दिनेश राउतले मिलेर निर्माण गरेको यो फिल्ममा संयुक्त रुपमा निर्माण गरेका छन् । निर्देशक राउत यसमा निर्माताको भूमिकामा मात्र छन् ।
ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । उनको यो डेब्यु फिल्म हो । कन्सेप्ट मन परेकै कारण आफू निर्माणमा आएको दिनेशले बताए । फिल्मले मनोरन्जन त दिन्छ नै सँगै एउटा आर्टिस्टको कथा पनि भन्छ’ उनले भने ।
फिल्ममा बिपिनको अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहनेछ ।
अभिनेत्री केकी अधिकारीले फिल्मको ‘जाली रूमाल’बोलको गीतमा आइटम गरेकी छन् ।
फिल्ममा विशालकै लेखन, सुशन प्रजापतिको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शब्द, अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृंगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ ।
फिल्मका सह–निर्माता राजेश विसुराल र प्रवल कोइराला हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता