ट्रक र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु
बुधबार, ०९ पुस २०७६, १२ : ३३
महोत्तरीमा ट्रक र मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । भने एकको अवस्था गम्भीर रहेको छ ।
बुधबार बिहान बर्दिबास काठमाण्डौं–सडक खण्डको विपी राजमार्ग अन्र्तगत बर्दिबासबाट सिन्धुलीतर्फ गइरहेको ग ६ प १७८९ नम्बरको स्पेण्डर मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख २६४५ नम्बरको ट्रकले बर्दिबास नगरपालिका वडा नं ३ पाटु भन्ने स्थानमा ठक्कर दिँदा सिन्धुलीको तिनपाटन गाउँपालिका–१० लङ्गुर खोलाका २५ वर्षीय सरोज तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएको छ ।
दुर्घटनामा सिन्धुलीको तिनपाटन गाउँपालिका –१० लङ्गुर खोला घर भएका वर्ष २३ का कुमार खाती गम्भीर घाइते भएका छन् । घाइते खातीलाई उपचारको लागि काठमाण्डौं स्थिति ग्राण्डी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
-
विश्वकपको खेल विवादमा अर्जेन्टिनी फुटबल संघको इमेल ह्याक
-
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
-
गोली चलाएर पक्राउ गरिएका लागूऔषध कारोबारीमाथि अनुसन्धान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण