सीमा बचाऔँ अभियानले अर्को नक्सा सार्वजनिक गर्ने
काठमाडौँ । सीमा बचाऔँ अभियान, राष्ट्रिय परिषद् नक्सा समितिले सुस्तासहित मिचिएको नेपाली भूभागसहितको अर्को नक्सा सार्वजनिक गर्ने भएको छ ।
समितिको मंगलबार बसेको दोस्रो बैठकले यसअघि सार्वजनिक गरेको नक्सालाई कायम राख्दै अर्को नक्सा सार्वजनिक गर्न लागेको हो ।
समितिका संयोजक भैरव रिसालको अध्यक्षतामा बसेको बैठकले यसअघि सार्वजनिक गरेको नक्साका कारण सरकार लिम्पियाधुरा पश्चिमको सीमा रहेको भन्न बाध्य पारेको निष्कर्ष निकाल्दै आगामी हप्ता नक्सासहित आगामी कार्यक्रम घोषणा गर्ने निर्णय गरेको संयोजक रिसालले जानकारी दिए ।
उनका अनुसार समितिले नेपाल सरकारले सम्पूर्ण विवादित क्षेत्रको भूमिको आधिकारीक तथ्याङ्क सार्वजनिक नगरेको भन्दै समितिको तर्फबाट पुर्वोत्तरदेखि पश्चिमोत्तरको विवादित सीमा क्षेत्रको अध्ययन गर्दै स्थलगत रिपोर्ट तयार पारेर जनतालाई यथार्थ जानकारी दिने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण