शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महोत्सवका नाममा आयात बढाउनु हुँदैन: अध्यक्ष तिमिल्सिना

शुक्रबार, ११ पुस २०७६, २२ : १४
शुक्रबार, ११ पुस २०७६

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले मेला महोत्सवका नाममा आयात बढाउन नहुने बताएका छन् । उनले मेला महोत्सवको अधिकांश खर्च देशबाट बाहिरने परिस्थितिको अन्त्यका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए ।

आजदेखि बागलुङमा शुरु भएको गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव–२०७६ को उद्घाटनमा अध्यक्ष तिमिल्सिनाले उद्योग सञ्चालन गर्नेको सङ्ख्यामा वृद्धि नभएसम्म मुलुकले समृद्धि हासिल नगर्ने भन्दै उद्योग स्थापनका लागि उद्योग वाणिज्य महासङ्घ लागेमा सरकारले सहयोग गर्ने बताए ।

बागलुङ उद्योग वाणिज्य सङ्घ बागलुङले आयोजना गरेको महोत्सवले भ्रमण वर्षलाई समेत सघाउ पुग्ने आयोजकको अपेक्षा रहेको छ । भ्रमण वर्षका रुपमा सरकारले मनाउन थालेको सन् २०२० लाई सहयोग पु¥याई बागलुङमा पर्यटक भित्र्याउनका लागि महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए ।

महोत्सवमा लोकदोहोरी गीत प्रतियोगिता, फोटो प्रदर्शनी, कृषि प्रदर्शनी, खुल्ला भलिबल प्रतियोगिता, हेलिकोप्टरबाट दृश्य अवलोकन, प्याराग्लाइडिङ, हस्तकला प्रदर्शनी, झाँकी प्रदर्शनी मुख्य आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ । महोत्सवमा २०० व्यावसायिक कक्ष रहेका छन् । महोत्सव २० गतेसम्म चल्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप