तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु, जुम्लामा तापक्रम माइनस ५.५
आइतबार, १३ पुस २०७६, ०९ : २३
काठमाडौँ । हाल तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरोको लागेको छ भने देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ भने राती देशभर मौसम सामान्यतया सफा रहनेछ।
सोमबार भने दिउँसो देशको पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राती भने देशभर मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै, मंगलबार दिउँसो देशको पश्चिमी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राती देशका अधिकांश भू–भागमा आंशिक बदली रहनेछ।
यता, देशभर जाडो बढेको छ । जुम्लामा सबैभन्दा कम माइनस ५.५ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ । त्यस्तै, काठमाडौँको न्युनतम तापक्रम पनि १ डिग्री सेल्सियस रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण