लघु विद्युत उपभोक्ता समितिमाथि लाखौँ हिनामिना गरेको आरोप
सम्राट सिंह
बझाङ । जिल्लाको साइपाल गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेको लघु विद्युत आयोजनामा समितिले १३ लाख हिनामिना गरेको आरोप लागेको छ । साइपाल गाउँपालिका वडा नम्बर १÷२ मा निर्माणधिन अवस्थामा रहेको गडघट्ट लघु विद्युत आयोजना उपभोक्ता समितिले १३ लाख हिनामिना पाइएको हो ।
आयोजना निर्माण गर्न प्रदेश सरकारबाट गत आर्थिक वर्षमा ३५ लाख र गाउँपालिकाबाट ३५ लाख र यस आर्थिक बर्षमा गाउँपालिकाबाट ९९ लाख नब्बे हजार रकम विनियोजन गरेको थियो ।
झण्डै १ करोड ७० लाख लागतमा निर्माण हुन थालेको उक्त लघु विद्युत आयोजनामा उपभोक्ता समितिले १३ लाख हिनामिना गरेको साइपाल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष गोपाल बोहराले आरोप लगाए । लघु विद्युत उपभोक्ता समितिका अध्यक्ष कम्मान बोहरा र सचिव धनन्जय बोहराले समितिको कुनै बैठक नबोलाई किर्ते हस्ताक्षर गरी रकम निकासा गरेर अनिमियतता गरेको उनको भनाइ छ ।
यसरी निर्माणधिन अवस्थामा रहेको गडघट्ट लघु विद्युत आयोजनामा खुलेयाम रकम हिनामिना हुँदा समेत सरोकारवालाहरुले कारबार्हिमा कुनै चाँसो नदेखाएको उनको गुनासो । गत वर्षको रकममा १३ लाख हिनामिना गरेको भएपनि यसवर्ष फेरी गाउँपालिकाले ८ लाख रकम निकासा दिएको छ ।
आर्थिक बर्ष ७५/७६ मा विनियोजन भएको ७० लाखको आयव्यय माग्दा समितिले एक सातासम्म आयव्यय प्रस्तुत गर्न आलटाल गरेको थियो साइपाल गाउँपालिकाका स्थानीय घुरन बोहराले भने एक साता पछि समितिले आयव्यय प्रस्तुत गर्दा १३ लाख रकम हिनामिना गरेको पाइएको छ । उनले गाउँपालिकाले अघिल्लो रकमको आयव्यय नमागीे फेरी यसवर्षको रकममा पनि ८ लाख निकासा गर्नुमा आपत्ती जनाएका छन् ।
उक्त लघु विद्युत उपभोक्ता समितिको राष्ट्रिय बाणिज्य बैंक बझाङमा समितिका अध्यक्ष कम्मान बोहरा सचिव धनन्जय बोहराको संयुक्त हस्ताक्षरमा खाता संञ्चालनमा रहेको थियो ।
७ लाख योजना ल्याउँदा प्रदेश सरकारमा खर्च भएको र ६ लाख रकम समितिका अध्यक्ष कम्मान बोहराले गाउँमा सापटी दिएको गडघट्ट लघु विद्युत आयोजना उपभोक्ता समितिका सचिव धनन्जय बोहराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण