ट्रम्प र पुटिनबीच फोन वार्ता
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । उनीहरुबीच दुई पक्षीय सम्बन्ध, साझा चासोका विषयसँगै क्षेत्रीय र अन्तर्राष्ट्रिय विभिन्न विषयमा कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जनाएको छ ।
‘राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गर्नुभएको थियो, रुसमा भएको आक्रमणमा सहयोग पुग्नेगरी सूचना उपलब्ध गराएकोमा पुटिनले ट्रम्पलाई धन्यवाद दिनुभएको थियो,’ ह्वाईट हाउसद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
दुवै पक्षका प्रतिबद्धतालाई निरन्तरता दिँदै दुवै पक्षीय सम्वन्धका बारेमा छलफल भएको ह्वाईट हाउसले जनाएको छ । रुसी संघीय सुरक्षा सेवाले सोमबार दिएको जानकारीअनुसार नयाँ वर्षको विदाको बेलामा दुई ओटा आक्रमण भएको थियो । रुसको दोस्रो ठूलो सहर सेन्ट पिटर्सबर्गमा भएको आक्रमण अमेरिकाले दिएको सूचनाका आधारमा गरिएको थियो ।
पुटिनले ट्रम्पलाई क्रिसमस र नयाँ वर्षको उपलक्ष्यमा शुभकामना पनि दिनुभएको समाचारमा जनाएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण