धर्ती मर्मत गर्नेहरुलाई विलियम र केटद्वारा पुरस्कारको घोषणा
बुधबार, १६ पुस २०७६, ०७ : २४
क्याम्ब्रिजका ड्युक र डचेजले धर्ती मर्मत गर्नेहरुलाई पुरस्कारको घोषणा गरेका छन् । विलियम र केट मिडल्टनले मौसम सम्बन्धि मुद्दाहरुको समाधान गर्नेहरुलाई पुरस्कारको घोषणा गरेका हुन् ।
सन् २०२१ र २०३० को बीचमा पाँचजना बिजेतालाई प्रत्येक वर्ष ‘अर्थसट प्राइज’ दिइनेछ ।
जो व्यक्ति वा संस्थाले वातावरणका समस्याको समाधान निकाल्छन्, उनीहरुलाई नगद पुरस्कार दिइनेछ ।
केन्सिङ्गटनरोयल नामको इन्स्टाग्राम अकाउन्टमा यसबारे भिडियो पोष्ट गरिएको छ ।
पुरस्कारको घोषणा आधिकारिक रुपमा सन् २०२० को अन्त्यमा गरिनेछ ।
मौसम परिवर्तन र वायु प्रदुषणलगायत विश्वका सबैभन्दा ठूला समस्याका कम्तीमा ५० वटा समाधान पाउने उद्देश्यसहित श्रृङ्खलाबद्धरुपमा चुनौतीहरुको घोषणा गरिने जानकारीमा उल्लेख छ ।
पुरस्कार घोषणा गर्नुअघि ६० संस्था र विज्ञहरुबाट परामर्श लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण