मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

उखु किसानलाई माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई अल्टिमेटम

बिहीबार, १७ पुस २०७६, १२ : ५८
बिहीबार, १७ पुस २०७६

काठमाडौँ । आन्दोलनरत उखु किसानहरुले सम्पूर्ण बाँकी रकम माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिएका छन् । 

सरकारले बुधबार उखु किसानहरुसँग माघ पहिलो साताभित्र सम्पूर्ण रकम भुक्तानी गर्ने मौखिक प्रतिवद्धता जनाएको थियो । तर किसानहरुले पुस २५ गतेभित्र ८० प्रतिशत र माघ पहिलो साताभित्र बाँकी २० प्रतिशत रकम भूक्तानी दिने सरकारको प्रतिवद्धता लिखित रुपमा आउनुपर्ने माग गर्दै आन्दोलन यथावत रहने बताएका छन् ।

 यसअघि सरकार पक्ष र किसान पक्षबीच बारम्बार सम्झौता भएपनि कार्यान्वयनमा नआएको भन्दै उनीहरुले लिखित प्रतिवद्धता माग गरेका हुन् । किसानहरुले माघ ७ गतेभित्र सम्पूर्ण रकम भूक्तानी नभए देशव्यापी आन्दोलन गर्ने घोषणा समेत गरेका छन् ।

बुधबार उद्योगमन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले किसानहरुलाई बोलाएर माघ ७ गतेभित्र सबै रकम भूक्तानी गर्ने आश्वासन दिएका थिए । 

अन्नपूर्ण मिलले ५० करोड  र महालक्ष्मी मिलले २१ करोड भूक्तानी गर्न बाँकी रहेको किसानहरुले बताउँदै आएका छन् । संसदीय समितिको निर्देशनपछि गृहमन्त्रालयले उनीहरुलाई पक्राउ गर्ने तयारी गरेपछि दुबै मिलका सञ्चालक सम्पर्कमा आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप