सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
सारांश
- कांग्रेस नेता भीष्मराज आङ्देम्बेले सत्ता प्राप्तिको दौडमा बीपी कोइरालाको मेलमिलापको नीति बिर्सिँदा पार्टी अहिले कठिन परिस्थितिमा पुगेको बताएका छन् ।
- उनले पार्टीभित्र बढ्दो आक्रोश, गुटबन्दी र विवेक गुमाएको जस्तो अवस्थाप्रति असन्तुष्टि जनाउँदै गालीगलौजको राजनीति त्यागेर विवेकपूर्ण राजनीति गर्न आह्वान गरे ।
- आङ्देम्बेले पार्टी नेतृत्वको बचाउ गर्दै कांग्रेसकै नेतृत्वमा मुलुकले पुनः काचुली फेर्ने विश्वास व्यक्त गरे र आन्तरिक कलह त्यागेर पार्टी निर्माणमा लाग्न आग्रह गरे ।
काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसले सत्ता प्राप्तिको दौडमा बीपी कोइरालाको मेलमिलापको नीतिलाई बिर्सिँदा अहिलेको कठिन परिस्थिति सिर्जना भएको बताएका छन् ।
बीपी स्मृति दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा आङ्देम्बेले पार्टीभित्र बढ्दो आक्रोश र गुटबन्दीप्रति असन्तुष्टि जनाए ।
आङ्देम्बेले अहिलेको समय केवल औपचारिक भाषण गर्ने मात्र नभई गम्भीर र ऐतिहासिक निर्णय लिने बेला भएको उल्लेख गरे । ‘आजको समयले हामीलाई एक थान भाषण मात्र गर भनेको छैन, इतिहासले हामीलाई खबरदारी गरिरहेको छ,’ उनले भने, ‘हामीले त्यो चेतलाई महसुस गरेर नवीन परिस्थितिमा नयाँ संकल्पका साथ अघि बढ्नुपर्छ ।’
जीवन्त पार्टीमा वैचारिक मतभेद हुनु स्वाभाविक भए पनि त्यसलाई आक्रोशमा बदल्न नहुने उनको तर्क थियो । ‘जब मतभेद आक्रोशमा परिणत हुन्छ, त्यसले पार्टीको जोसलाई सिथिलतामा बदल्दै लैजान्छ,’ आङ्देम्बेले भने, ‘अहिले विवेक र तर्क हराएको जस्तो देखिएको छ, जुन अहंकार र गालीगलौजमा प्रकट भइरहेको छ ।’
आङ्देम्बेले अघिल्लो दिन संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रममा व्यक्त भएका विचारहरूप्रति लक्षित गर्दै असन्तुष्टि जनाए । उनले आफ्ना निकटका मान्छेलाई मात्रै खोज्ने र हेर्ने प्रवृत्तिले पार्टीलाई घाटा पुर्याउने बताए ।
‘आफ्नो वरिपरिकालाई मात्रै खोज्ने प्रवृत्ति हिजोको कार्यक्रममा पनि देखियो,’ उनले भने, ‘तर्क र विवेकको खोजी गर्न अब यो नवीन अभियान सफल हुनुपर्छ ।’
कांग्रेसले सत्ता प्राप्त गर्ने क्रममा बीपीको मेलमिलापको नीतिलाई थिच्ने र मिच्ने काम गरेको उनको स्वीकारोक्ति थियो । ‘सत्ताका लागि हामीले बीपीको मेलमिलापको नीतिलाई किच्यौँ, त्यसैले आज हामीलाई गाह्रो बनाएको छ,’ उनले भने । अबका दिनमा ती गल्तीहरूलाई सुधार्दै ‘सच्चिन्छौँ’ भन्ने संकल्प गर्नुपर्ने उनले बताए ।
पार्टी नेतृत्वको बचाउ गरे । उनले भने, ‘मेरा नेतृत्व उमेरले सानो भए पनि बुद्धिमा ठुलो हुनुहुन्छ ।’ उनले नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकले पुनः काचुली फेर्नेमा आफ्नो दृढ विश्वास रहेको बताए ।
नेता आङ्देम्बेले पार्टीभित्रको आन्तरिक कलहलाई त्यागेर सबै नेता–कार्यकर्तालाई विवेकपूर्ण ढङ्गले पार्टी निर्माणमा लाग्न र आगामी दिनमा कांग्रेसलाई थप बलियो बनाउने अभियानमा जुट्न आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण