सुकेधाराबाट २ नक्कली परीक्षार्थी पक्राउ
बिहीबार, १७ पुस २०७६, २२ : १२
काठमाडौं । सवारी चालक अनुमतिपत्रको लागि लिइने प्रयोगात्मक परीक्षामा सहभागी दुई नक्कली प्ररीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौँको सुकेधारास्थित नक्कली नेपाली नागरिकता बनाइ फरक व्यक्तिले ट्रायल परीक्षा दिँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरका मानबहादुर ब्लोन र ललितपुर सात दोबाटोका सरोज शाही रहेको महाशाखाले जनाएको छ । उनीहरुबाट अर्काको फोटो टाँसेर प्रयोग गरिएको नागरिकता, यातायात व्यवस्था विभागबाट परीक्षकका लागि दिइएको निवेदन बरामद गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण