मङ्सिरमै पूरा हुने भनिएको चोभार–दक्षिणकाली सडक ठेकेदारको लापरबाहीले अझै उस्तै
काठमाडौँको चोभारदेखि दक्षिणकाली जाने सडकको निर्माण मङ्सिरमै पूरा गर्ने प्रतिबद्धता जनाइए पनि सम्बन्धित निकायको कमजोरी र ठेकेदार कम्पनीको लापरबाहीका कारण अझै पूरा हुन सकेको छैन ।
सो सडक निर्माण हुन नसक्दा सुरु हुन लागेको नेपाल भ्रमण वर्षको सन्दर्भमा पर्यटनको एक महत्त्वपूर्ण गन्तव्यका रूपमा रहेको दक्षिणकालीसमेत ओझेलमा पर्ने देखिएको छ ।
सङ्घीय राजधानी काठमाडौँ र प्रदेश ३ को राजधानी हेटौँडा जोड्ने सबभन्दा छोटो वैकल्पिक बाटोका रूपमा रहेकोे यो सडक सम्बन्धित निकाय र स्थानीय जनप्रतिनिधिले मङ्सिरभित्रै निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि अहिले निर्माण कार्य भने कछुवा गतिमा अगाडि बढेको छ । काम नगर्नेले उल्टै अनेक बहानाबाजी गर्ने गरेको पाइएको छ ।
वर्षायाममा काम भएन, दशैँ–तिहारले काम भएन, अनि अर्को बहाना सुरु भएको छ– चिसोले काम हुन सकेको छैन । यो सडकखण्ड निर्माण हुन नसक्दा वर्षाको समयमा हिलो तथा हिउँदको समयमा धुलोले यहाँका बासिन्दा र यात्रुले सास्ती व्यहोर्दै आएका छन् । उनीहरूको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छ । यो सडकको कुल लम्बाइ ९.३६ किलोमिटर छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने
-
झापामा एक वर्षमा ५ करोडको अवैध सामान बरामद
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण