बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
सारांश
- मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थानको भिडन्तमा इङ्गल्याण्डका बुकायो साकाले ह्याट्रिक पूरा गरेका छन् ।
- साकाले खेलको ८७ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै इङ्गल्याण्डलाई ५–३ को मजबुत स्थितिमा पुर्याए ।
- साकाले पहिलो हाफमा दुई र अन्तिम समयमा पेनाल्टीमार्फत गोल थप्दै ह्याट्रिक पूरा गरे ।
काठमाडाैँ । मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) को भिडन्तमा इङ्गल्याण्डका विङ्गर बुकायो साकाले सानदार ह्याट्रिक पूरा गरेका छन् । खेलको ८७ औँ मिनेटमा साकाले पेनाल्टी मार्फत गोल गर्दै इङ्गल्याण्डलाई ५–३ को सुरक्षित र मजबुत स्थितिमा पुर्याएका हुन् ।
पहिलो हाफमा ४–० ले पछि परेको फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन गोल फर्काएर खेललाई ३–४ को रोमाञ्चक स्थितिमा ल्याएपछि इङ्गल्याण्ड दबाबमा परेको थियो । तर खेल सकिनु ३ मिनेट अगाडि अर्थात् ८७ औँ मिनेटमा इङ्गल्याण्डले पेनाल्टीको अवसर पायो । जर्सी नम्बर ७ का स्ट्राइकर साकाले उक्त पेनाल्टीलाई कुनै गल्ती नगरी गोलमा परिणत गर्दै आफ्नो व्यक्तिगत ह्याट्रिक पूरा गरे ।
साकाले यसअघि पहिलो हाफको ३७ औँ र ४५ औँ मिनेटमा दुई उत्कृष्ट गोल गरेका थिए । खेलको अन्तिम समयमा पेनाल्टी मार्फत तेस्रो गोल थप्दै उनले विश्वकपको यस रोमाञ्चक खेलमा ऐतिहासिक ह्याट्रिक दर्ता गराएका छन् । साकाको यो निर्णायक गोलसँगै फ्रान्सको ऐतिहासिक पुनरागमन गर्ने सपनामा ठुलो धक्का लागेको छ भने इङ्गल्याण्ड जितको निकै नजिक पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज दुई संसदीय समितिको बैठक बस्दै
-
‘देशमा कु भइसक्यो, संविधान बाहिरबाट आएको शक्तिले राज गर्दै छ’
-
गौर भन्सारको उपलब्धि : लक्ष्यभन्दा ४१ प्रतिशत बढी राजस्व सङ्कलन
-
नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध
-
गोरु पाल्ने किसानलाई प्रोत्साहन
-
सरकारलाई बाबुरामको सुझाव–ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण