फाइबर बिछ्याउन अन्तिम सम्झौता
शनिबार, १९ पुस २०७६, ०७ : ४८
देशैभर सूचना महामार्ग निर्माण गर्ने सरकारको लक्ष्यअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरेको छ ।
गत मङ्सिर १९ मा भएको समझदारीअनुसार शुक्रबार प्राधिकरण कार्यालयमा यस्तो सम्झौता भएको हो । त्यतिबेला एक महिनाभित्र विस्तृत मोडालिटीसहित सम्झौता गर्नुपर्ने समझदारी भएको थियो । सम्झौतामा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले हस्ताक्षर गरे ।
सम्झौता अनुसार दुई वर्ष्भित्र रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै टेलिकमले फाइबर बिछ्याउने छ । त्यस्तै मध्यपहाडी लोकमार्गबाहेक कतिपय स्थानमा हुलाकी मार्गमा पनि अप्टिकल फाइबर बिछ्याउने जिम्मेवारी टेलिकमले पाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ
-
रास्वपा महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक
-
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ : रोहितकाे कप्तानीमा टाेली घाेषणा
-
रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार
-
गृहको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो, काठमाडौँ ७६ औँ स्थानमा
-
‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ राईलाई प्रदान गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण