सुर्खेतमा भत्काइए छाउगोठ
सुर्खेत । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सुर्खेतमा ३०० छाउगोठ भत्काइएको छ ।सरकारले छाउगोठ हटाउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी नेतृत्वको टोलीले तीन दिनको अवधिमा ३०० छाउगोठ भत्काएको हो ।
जिल्ला प्रशासन कार्यालयले पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा छाउगोठ भत्काउने अभियानलाई पहिलो प्राथमिकतामा राखेको छ । यहाँका यी तीन स्थानीय तहमा छाउपडी कुप्रथा व्याप्त रहेको छ । यसअघि विभिन्न गैरसरकारी संस्थाको पहलमा छाउपडीमुक्त घोषणा गरिए पनि स्थानीयले पुनः छाउगोठ निर्माण गरी प्रयोगमा ल्याएका हुन् ।
महिनावारी भएकी महिलालाई घरदेखि अलग्गै हावा तथा प्रकाश नछिर्ने गरी बनाइएका स–साना घरलाई छाउगोठ भन्ने गरिन्छ । महिनावारी हुँदा कम्तीमा पाँचदेखि सात दिनसम्म छाउ बार्ने चलनलाई ‘छाउपडी’ भन्ने गरिन्छ । ‘छाउपडी’ बस्ने घर नै छाउगोठ हुन् । पछिल्लो समय छाउगोठमा महिलाको मृत्यु हुने क्रम बढेपछि गृह मन्त्रालयले स्थानीय प्रशासनलाई त्यस्ता छाउगोठ हटाउन कडा निर्देशन दिएको हो ।
सुर्खेतमा करिब एक हजार ८०० छाउगोठ रहेको बताइएको छ । यतिबेला सुरक्षाकर्मीसहित जिल्ला प्रशासन नेतृत्वको तीन टोली गाउँबस्तीमा खटिएको छ । प्रजिअ अधिकारीले छाउगोठ हटाउने अभियानमा स्थानीय जनप्रतिनिधि, महिला अगुवाहरुको समेत सक्रिय सहभागिता रहेको बताए । उनका अनुसार स्थानीय तहमा छाउगोठ हटाउन समिति गठन गरिएको छ ।
‘पुनः छाउगोठ बनाएर महिनावारी बार्ने गरेको पाइएमा छाउगोठमा बस्ने र बसाल्ने दुवैलाई कानूनी कारवाही हुनेछ,’ उनले भने । छाउगोठमा बसाल्न उत्पे्ररित गर्ने धामीझाँक्रीलाई समेत सचेत गराउने तयारी रहेको प्रजिअ अधिकारीको भनाइ छ । मुलुकी अपराधसंहितामा छाउपडीलाई अपराधका रुपमा परिभाषित गर्दै छाउगोठमा बस्ने र बस्न पठाउने दुवैलाई तीन महिना कैद र रु तीन हजार जरिवानाको व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण