मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

विवादमा उखु किसानसँगको सहमति : आन्दोलनलाई धोका दिएको भन्दै किसान असन्तुष्ट

आइतबार, २० पुस २०७६, १५ : २२
आइतबार, २० पुस २०७६

काठमाडौँ । उखु किसान र सरकारबीच पुस १८ गते पाँच बुँदे सम्झौता भयो । तर सम्झौताको मसी सुक्न नपाउँदै चौतर्फी विरोध हुन थालेको छ । किसान आन्दोलनलाई राजनीतिकरण गर्दै सम्झौतामा टुङ्ग्याएको आरोप लागेको छ ।

त्यति मात्र होइन, हतारमा सम्झौता गराउनका लागि पैसाको पनि चलखेल भएको आशङ्का उखु किसानबाटै हुन थालेको छ । राजनीतिक दलका नेताहरुले आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न जिल्लामा भइरहेको किसान आन्दोलनलाई काठमाडौँसम्म ल्याएर आठ दिन नपुग्दै सम्झौतामा टुङ्ग्याएको आरोप लागेको हो ।

राकेश मिश्र (बायाँबाट दोस्रो)

उद्योगीको कार्यालयमा ताला

यो आन्दोलनको अगुवाइ गर्दै राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री राकेश मिश्रले उखु किसानलाई काठमाडौँसम्म ल्याएका थिए । काठमाडौँ आउने बित्तिकै उनीसहित केही किसान चिनी उद्योगी राकेश अग्रवाललाई भेट्न उनको कार्यालय त्रिपुरेश्वर पुगेका थिए । तर उद्योगीसँग भेट भएन ।

उद्योगीसँग भेट नभएपछि उनीहरुले कर्पोरेट कार्यालयमा ताला लगाएका थिए । सम्पूर्ण रकम नपाएसम्म ताला नखुल्ने उनीहरुले बताएका थिए । तर चार दिन नबित्दै नेता राकेश मिश्र र उखु किसान सङ्घर्ष समितिका सचिव हरिश्याम रायले अन्य आन्दोलनकारीलाई जानकारी नै नदिइ ताला खोलेका थिए ।


सकारलाई ध्यानाकर्षण गराउन किसानहरु माइतीघर मण्डलमा प्रदर्शन सुरु गरेका थिए ।  यता, ‘मर्नु परे यहीँ मरौँला, तर बक्यौता रकम भुक्तानी नलिइ फर्किन्नौँ’ भन्दै प्रदर्शन गरिरहेका थिए भने उता किसानलाई कुनै जानकारी नदिइ मिश्र भित्रभित्रै उद्योगी अग्रवाल तथा सरकार पक्षसँग वार्ता गरिरहेका थिए ।


त्यतिबेला उद्योगीलाई लेटरप्याड चाहिएका कारण ताला खोलिएको भन्दै आन्दोलनरत किसानहरुलाई उनीहरुले सम्झाउने प्रयास गरेका थिए । तर, उनीहरुको कुरामाथि आन्दोलनकारीहरु विश्वास गरेनन् ।  अन्य आन्दोलनकारी पुनः त्यहाँ पुगेर ताला लगाएका थिए । दोस्रो पटक ताला लगाउन जाँदा त्यहाँ ठूलो भीड लागेको थियो । प्रहरी पनि आएको थियो ।

एक उखु किसानले रातोपाटीसँग भने, “हामीले ताला लगाएपछि राकेश मिश्र र हरिश्याम रायले ताला खोलिदिन आग्रह गरेका थिए । ताला लागिरह्यो भने प्रहरीले समातेर लान्छ, मुद्दा लगाउन सक्छ भन्ने डर देखाएर ताला खोल्न लगाए । ताला खोलेपछि हामीले माइतीघर मण्डलमा प्रदर्शन शुरु गरेका थियौँ ।”

आन्दोलन चलिरहेकै बेला राकेश मिश्रले मिल मालिकसँग पटक–पटक भेट गरेका थिए । त्यो भेटलाई पनि किसानहरूले शङ्काको घेरामा राखेका छन् ।

यस विषयमा राकेश मिश्रसँग बुझ्दा उनले पनि आफू मिल माकिलसँग पटक–पटक भेटेको कुरा स्वीकार गरे । उनले भने, “हो मैले मिल मालिकसँग भेटेको हुँ, बिहान साँझ सधैँ भेट्थेँ तर त्यो भेट किसानका लागि हुन्थ्यो । किसानलाई थोरै थोरै भए पनि पैसा दिनुहोस् भनेर म दबाब दिन त्यहाँ जान्थँे । कतिपय किसान बिरामी परेका पनि थिए । त्यसको उपचारका लागि भए पनि रकम दिनू भन्न जान्थेँ । त्यहाँ जानुमा मेरो कुनै व्यक्तिगत स्वार्थ थिएन ।”

माइतीघरमा प्रदर्शन

सकारलाई ध्यानाकर्षण गराउन किसानहरु माइतीघर मण्डलमा प्रदर्शन सुरु गरेका थिए ।  यता, ‘मर्नु परे यहीँ मरौँला, तर बक्यौता रकम भुक्तानी नलिइ फर्किन्नौँ’ भन्दै प्रदर्शन गरिरहेका थिए भने उता किसानलाई कुनै जानकारी नदिइ मिश्र भित्रभित्रै उद्योगी अग्रवाल तथा सरकार पक्षसँग वार्ता गरिरहेका थिए । आन्दोलनलाई चौतर्फी सहयोग र साथ थियो । तर उनले एकलौटी रूपमा कसैसँग सल्लाहै नगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग वार्ता गर्न पुगेका थिए । एक पटक मात्र होइन, दुई–दुई पटक एक दुईजना किसानलाई साथमा लिएर उनले भट्टसँग उनको मन्त्रालयमै छलफल गरेका थिए ।


राजपा नेपालबाट सर्लाही–४ मा प्रतिनिधिसभाको उम्मेदवार भएका राकेश मिश्र काँग्रेसका डा. अमरेशकुमार सिंहसँग चुनाव हारेका थिए । पत्रकारिता पृष्ठभूमिका राकेश मिश्र अधिकांश समय काठमाडौँमै बताउँथे तर चुनाव हारेपछि उनले आफूलाई क्षेत्रमै केन्द्रित गरे । बेलाबेलामा उखु किसानको आन्दोलन चर्काउने, किसानको कुरा उठाउने गरेका उनी आफूलाई उखु किसान सङ्घर्ष समितिका संरक्षक बताउँछन् । मिश्र आफू किसान होइनन्, तर उनले आफूलाई किसान भन्दै परिचय दिँदै आएका छन् ।


राजपा नेपालका विद्यार्थी सङ्गठनका अध्यक्ष मनिष मिश्रले पनि राकेश मिश्रको विरोध गरेका छन् । ‘उखु किसानले गरेको आन्दोलनमा आफूलाई स्वघोषित आन्दोलनको रक्षक ठान्ने व्यक्ति नै भक्षक बनेको,’ उनले आरोप लगाए ।


काठमाडौँमा उखु किसानले गरेको आन्दोलनलाई अगुवाइ गरेको, आफ्नै नेतृत्वमा आन्दोलन भएको दाबी उनले गदैै आइरहेका छन् । त्यति मात्र होइन, मिश्रले आन्दोलनको सम्पूर्ण खर्च आफूले व्यहोरेको दाबी गर्दै आएका छन् । उखु किसान आन्दोलनमा लागेका राजेश यादवले भने, “यो सबै गलत कुरा हो, यो आन्दोलनको अगुवाइ राकेश मिश्रले नभइ आन्दोलनकारी आफै लेस्वतःस्फूर्त गरेका हौँ ।’ 

उखु किसानको आन्दोलन कुनै नेता (राकेश मिश्र) ले दिएको खर्चले नचलेको र किसानहरूले आफै खर्च गरेर आन्दोलन गरेको बताउँदै उनले आन्दोलनलाई कुनै नेता विशेषको नभएर पत्रकार, नगरिक समाज, बुद्धिजीवी, विभिन सङ्घ संस्थाहरूको सहयोग र समर्थनमा चलेको थियो । यसको जस कुनै एकजना नेताले लिन खोज्नु गलत रहेको उनको भनाइ थियो ।

राजपा नेपालका विद्यार्थी सङ्गठनका अध्यक्ष मनिष मिश्रले पनि राकेश मिश्रको विरोध गरेका छन् । ‘उखु किसानले गरेको आन्दोलनमा आफूलाई स्वघोषित आन्दोलनको रक्षक ठान्ने व्यक्ति नै भक्षक बनेको,’ उनले आरोप लगाए ।

उनले भने, “रक्षक नै भक्षक भएपछि परिणाम कसरी सन्तोषजनक आउँछ र ? आन्दोलनको मर्म विपरीत आन्दोलन चलिरहँदा आन्दोलन तुहाउन विभिन्न तिकडमबाजी भयो । आन्दोलन चलिरहेकै बेला त्रिपुरेश्वरस्थित मिल मालिकको कार्यालयमा लगाएको ताला समेत खोलिसकिएको थियो ।”

‘वार्ता र सहमतिको नाममा निमुखा किसानको आँखामा धुलो छर्ने काम भएको छ,’ मिल मालिकसँगको मिलोमतोमा आफूअनुकूल निणर्य गराउन सफल भएको उनले आरोप लगाए ।


राकेश मिश्र भन्छन्, “राम्रो काम गर्नेमाथि टिप्पणी गर्नेहरु हुन्छन् नै, त्यसको हिसाब किताब जनताले नै गर्नेछन् तर मैले इमानदारी साथ आन्दोलनलाई अगाडि बढाएको थिएँ ।” चुनावमा उठ्दा उखु किसानको भुक्तानी दिलाइ दिने प्रतिबद्धता जनाएको बताउँदै उनले सबै किसानहरु नै रुँदै आएर सहयोग मागेको दाबी ।


उखु किसानले आफ्नो भुक्तानी पाउनका लागि आन्दोलन गरेको तर केही व्यक्तिहरुले त्यसैको आडमा मिल मालिकसँग आफू अनुकूल बार्गेनिङ गरेको आरोप लगाउँदै उनले यसको प्रमाण बिस्तारै बाहिर आउने दाबी गरे । मनिष मिश्र पनि सर्लाहीका हुन् ।

‘राकेश मिश्रले नै रकम लिएर आन्दोलन तुहाएका हुन् त ?,’ भन्ने जिज्ञासामा उखु किसान रामनरेश राय यादवले भने, “राकेश मिश्रजीले भित्रभित्र के गर्नुभयो त्यो थाह छैन तर किसानले कसैसँग एक पैसा पनि लिएका छैनन् । किसानले आफ्नै खर्चमा आन्दोलन गरेका हुन् ।” राकेश मिश्र आन्दोलनका अगुवा नभएको र आफूहरुले आन्दोलन गर्दा उनी त्यसमा मिसिएको उनले बताए । राकेश मिश्रले सबैतिर वाहवाही लिइरहेको कुराले आफूहरुलाई चित्त दुखेको बताए ।

उद्योगी मन्त्रीसँग वार्ता

पहिलो पटकको छलफलमा पनि उद्योग मन्त्री भट्टले माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गराउने मौखिक सहमति गरेका थिए । पाँच बुँदे सम्झौतामा लेखिएका सबै मागहरुलाई उद्योग मन्त्री भट्टले मौखिक रूपमा स्वीकार गरेका थिए । त्यसमा राकेश मिश्र पनि सहमत थिए तर किसानहरुले मौखिक सहमति नमान्ने भनेपछि उनले मन्त्री भट्टसँग लिखित सहमतिका लागि आग्रह गरेका थिए ।

तर रोचक कुरा, दुई पक्षका बीचमा औपचारिक सहमति हुनुअघि उद्योग मन्त्री भट्टका साथमा राकेश मिश्र र एकजना किसान रिपोर्टर्स क्लब पुगेका थिए । सहमति अघि नै सबै कुरा त्यही छताछुल्ल भएको थियो । ‘जसको विरोधमा किसानहरुले आन्दोलन गरिरहेका थिए, तिनीहरुसँग वार्ताअघि नै एउटै मञ्चमा भाषण दिनु, वार्तामा के–के हुन्छ, सहमति के–के हुन्छ भनेर हरेक विषयको खुलासा त्यहीँ हुन्छ,’ सबै पूर्वनिर्धारित योजना मुताविक नै भइरहेको कुरामा धेरैले आशङ्का गरेका छन् ।

राकेश मिश्र भन्छन्, “राम्रो काम गर्नेमाथि टिप्पणी गर्नेहरु हुन्छन् नै, त्यसको हिसाब किताब जनताले नै गर्नेछन् तर मैले इमानदारी साथ आन्दोलनलाई अगाडि बढाएको थिएँ ।” चुनावमा उठ्दा उखु किसानको भुक्तानी दिलाइ दिने प्रतिबद्धता जनाएको बताउँदै उनले सबै किसानहरु नै रुँदै आएर सहयोग मागेको दाबी ।

किसानको बक्यौता रकम दिलाउने अठोट लिएर नै यसमा लागेको उनले बताए । ‘उखु किसानले आफ्नो बलमा आन्दोलन गरेका हुन्, मैले यसको अगुवाइ मात्र गरिदिएको हुँ,’ उनले दाबी गरे ।

(यस विषयमा थुप्रै उखु किसानरूसँग कुराकानी गरेका छौँ । उनीहरुले नाम नछाप्न भनेका कारण अधिकांश किसानको नाम उल्लेख गरिएको छैन । तर उनीहरुले बोलेको अडियो रेकर्ड हामीसँग सुरक्षित छ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप