जिल्ला प्रशासन कार्यालय सिरहामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर
सिरहा– प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा सिरहा नगरपालिकास्थित वडा नं ७ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
सिराहास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७६ पौष २३ गते सिराहाका प्रमुख जिल्ला अधिकृत गोपाल कुमार अधिकारीले एक समारोहका वीच उद्घाटन गरेका छन् ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमसीए नेपालले थाल्यो ४०० केभी नयाँ बुटवल सबस्टेशन निर्माण
-
सामूहिक बलात्कार आरोपमा पोखराबाट ३ जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशको बजेट १० प्रतिशतले बढ्ने
-
पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चका सबै सुनुवाइ स्थगित
-
कटहर ब्लडप्रेसर, मधुमेहलगायत रोगका लागि फाइदाजनक
-
बालमन्दिर जग्गा घोटालामा को–को विरुद्ध जारी भयो पक्राउ पुर्जी ? (नामावलीसहित)