‘अब सबै मुस्लिम देशहरू एकजुट हुने समय आइसकेको छ’
बुधबार, २३ पुस २०७६, २३ : ५५
एजेन्सी । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले मुस्लिम देशहरुलाई एक हुन आह्वान गरेका छन् । अमेरिकाले ईरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि अब मुस्लिम देशहरू एकताबद्ध हुनुको विकल्प नरहेको प्रधानमन्त्री महाथिरले बताए ।
महाथिर मोहम्मद विश्वका सबैभन्दा बुढा प्रधानमन्त्री समेत हुन् । उनको उमेर अहिले ९४ वर्ष भएको छ । महाथिरले भने, ‘अब सबै मुस्लिम देशहरू एकजुट हुने समय आइसकेको छ ।’ बीबीसीका अनुसार उनले इस्लामिक देशहरूप्रति निशाना दाब्न सुरु भैसकेको दाबी गर्दै असुरक्षा समेत बढ्दै गएको बताएका छन् ।
इरानमा प्रतिबन्ध लगाए पनि मलेसियाको राम्रो सम्बन्ध छ । मलेसियामा अनुमानित १० हजार ईरानी नागरिकहरू बसोबास गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण