पीएसजीमा इकार्डीको ह्याट्रिक
माउरो इकार्डीले ह्याट्रिक पूरा गरेसँगै पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सिमित सेन्ट इटिनेलाई ६–१ गोलले हरायो । पीएसजीको सानदार जितमा माउरो इकार्डीको ह्याट्रिकसँगै नेयमार र केलियन एमबाप्पेले एक एक गोल गरे । पीएसजीले अर्को गोल आत्मघाती उपहार पाएको थियो । सेन्ट इटिनेका लागि योहान कावयले सान्त्वना गोल फर्काए ।
खेलको सुरुवातदेखि सेन्ट इटिनेलाई दबाबमा राखेको पीएसजीले दोस्रो मिनेटमै गोलको खाता खोलेको थियो । इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ३१औं मिनेटमा वेस्ले फोफाना दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि सेन्ट इटिने १० खेलाडीमा समेटिएको थियो । त्यसपछि पीएसजीले भरपुर फाइदा उठायो ।
३९औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । ४४औं मिनेटमा सेन्ट इटिनेका जेसी मौलिनले आत्मघाती गोल गरेपछि थप बलियो बन्यो । ४९औं मिनेटमा इकार्डीले ब्यक्तिगत दोस्रो गोल थपे । इकार्डीले ५७औ मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे । ६७औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई फराकिलो अग्रता दिलाए । ७१औं मिनेटमा सेन्ट इटिनेका योहान काबायीले सान्त्वना गोल फर्काएका थिए ।
अर्को खेलमा लिलेले एमेन्सलाई २–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । लिलेको जितसँगै फ्रेन्च कपको सेमिफाइनल सेमिकरण पनि पूरा भएको छ । यसअघि लियोन र स्टेड रेम्सले सेमिफाइनलमा स्थान बनाईसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण