गुन्डागर्दीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
काठमाडौं । विभिन्न प्रकारले धाकधम्की दिई गुन्डागर्दीमा संलग्न रहेको अभियोगमा काठमाडौं ठमेलबाट २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाग्लुङ् ढोरपाटन नगरपलिका-६ घर भई काठमाडौं ग्रिनल्याण्ड बस्ने ३१ वर्षीय देवेन्द्र बहादुर घर्तिमगर र धादिङ निलकण्ठ नगरपालिका-३ घर भई काठमाडौं नयाँबजार बस्ने २४ वर्षीय सुजन पौडेल रहेका छन् ।
हातहतियार देखाउने तथा धाकधम्की समेत दिई त्रास पैदा गर्ने जस्ता कार्य गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
साथै उनीहरुले २०६४ सालमा दुई व्यक्तिलाई गोली प्रहार गरी घाईते बनाएकोमा ज्यान मार्ने उद्योगमा ४ बर्ष जेल सजाय र २०७१ सालमा एक व्यक्तिलाई खुकुरी प्रहार गरी घाइते बनाएको ज्यान मार्ने उद्योगमा २०७३ सालमा धादिङमा ७ महिना र नुवाकोटमा ४ महिना सजाय भोगेको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण