मिसेज व्यूटी क्वीन नेपाल २०२० को ताजका लागि १६ जना भिड्दै
सिजन मिडियाद्वारा आयोजना गरिएको लेट मिइन मिसेज व्यूटी क्वीन नेपाल २०२०को तयारी तिव्र गतिमा भइरहेको छ । उक्त कार्यक्रममा सहभागी प्रतियोगीहरुको यहि माघ २ गते नाचघर जमलमा फाइनल हुनेछ । प्रतियोगितामा १६ जना विवाहित महिलाहरुले सहभागी जनाएका छन् ।
उक्त कार्यक्रममा सहभागी प्रतियोगीहरु क्रमशः सन्तोषी शाही सुर्खेत, समिसा गिरी काठमाडौं, सविता सर्मा संखुवासभा ,रिता कार्की काठमाडौं , सृजना पनेरु वनस्थली, सरिता कर्णविहारी वुढानिलकण्ठ, उर्मीला खत्री भोजपुर, अमिता अमात्य किर्तिपुर, सृजना गौतम नुवाकोट, रस्मीला शाही गंगवु, देवकला पुन वाग्लुङ, सुग्नीमा चौधरी नवलपरासी, रन्जना निरौला नयाँवजार, दीपा ढुङ्गाना झापा, सुहाना अर्याल दहचोक र सिता अर्चना पौड्याल स्याङ्जा रहनु भएको छ ।
प्रतियोगीहरुलाई शारीरिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन, व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण दिनुका साथै हिँड्न, बोल्न र प्रश्नोत्तरसम्बन्धी तालिम प्रदान गरिएको छ ।
त्यस्तै, सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, स्नेही मानव सेवा आश्रम भ्रमण,वागमती सफाइ अभियानमा सहभागी गराइएको छ भने मिडियासम्बन्धी जानकारी, लागुऔषध सम्वन्धी जानकारी, जीवन विमा सम्बन्धी जानकारी दिइएको छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्दै छन् ।
प्रतियोगिताका विजेताले ‘लेट मिइन मिसेस व्यूटी क्वीन नेपाल २०२०’ को उपाधी सहित टिभिएस स्कुटर, इन्डोनेसियाको वाली भ्रमणको लागि ३ जना विजेतालाई हवाई टिकट र विभिन्न घरयसी समानहरु उपहारहरु पाउने छन् । यसबाहेक अन्य विभिन्न १७ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेताहरुलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने छ ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण