सङ्गीतबाट निको हुन्छन् धेरै रोग
सङ्गीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो ।
बौद्धका शान्तरत्न शाक्यले यसलाई ‘सिङ्गिङ बल’ थेरापी भनिने जानकारी दिए । यस्तो उपचारबाट उच्च रक्तचाप, डिप्रेसन, माइग्रेन, हाडजोर्नी दुखाइका साथै विशेषतः कान बज्ने रोगमा प्रभावकारी हुन्छ । नौ वर्षको उमेरमा शाक्यले बाजेबाट सिकेर उपचार पद्धति थालेको ३७ वर्ष भइसक्यो । उनी भन्छन्, ‘‘यो झन्डै १८० वर्ष पुरानो उपचार पद्धति हो । बिरामीले अलिकति विश्वास लिए निको हुन्छ ।’’
उहाँले सङ्गीत चिकित्साको प्रयोगबाट टाउकाको दुखाइ, रुघाखोकी, मानसिक तनाव, मनोरोग आदिको उपचार हुने जानकारी दिए । यस चिकित्साका माध्यमबाट पिट्युटरी ग्रन्थी उत्प्रेरित गर्न सकिने भएकाले शरीरका कोषिकामा हुने कम्पनले बिरामीको समस्यामा सुधार ल्याउँछ ।
सङ्गीत चिकित्सामा शारीरिक तथा मानसिक दुवै पक्षमा सकारात्मक प्रभाव पार्ने शक्ति भएका कारण रोगीको रुचिअनुसारको सङ्गीत सुनाएर दुवै खाले शारीरिक तथा मानसिक समस्या समाधान गर्न सकिने शाक्यले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण