बाबुरामलाई कमल थापाको प्रतिक्रिया – हाहाहा..., हसाउनुहुन्छ !
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको एउटा ट्वीटबारे राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दिएको प्रतिक्रिया निकै रोचक छ ।
ट्वीटरमा बाबुराम भट्टराई र कमल थापाबीच सोमबार बिहान वैचारिक द्वन्द्व प्रकट भएको हो । यद्यपि दुवैले निकै सभ्य शब्द प्रयोग गरेका छन् ।
प्रसङ्ग कमल थापाको एउटा ट्वीटबाट सुरु हुन्छ, जो प्रदेश ३ को नामकरण र राजधानी तोकिएको विषयमा थापाले आइतबार ट्वीट गरेका थिए ।
थापाले लेखेका छन्, ‘प्रदेश नं ३ को नाम र राजधानी सर्वदलीय सहमतिको आधारमा निर्णय गर्न सफल भएकोमा मुख्यमन्त्री डोरमणि पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँलाई बधाइ ।’
अन्य प्रदेशका निम्ति पनि यो निर्णय प्रक्रिया अनुकरणीय हुन सक्ने थापाको भनाइ छ ।
पौडेल, बानियाँ,थापाहरूको सहमतिलाई सर्वदलीय हैन एकलजातीय सहमति भन्दा उपयुक्त होला मेरा सहपाठी प्रिय मित्र@KTnepal!नयाँ संविधानले समेत वहुजातीय भनेर स्वीकारीसकेको देशलाई एकलजातीय बनाउने हठले देशलाई दीर्घकालीन द्वन्दमा फसाउन सक्छ!फेरिपनि तपाईंको पश्चगामी विचारको क्षणिक जीतमा वधाइ छ! https://t.co/dJ2BL1fByB
— Baburam Bhattarai (@brb1954) January 13, 2020
थापाको सोही ट्वीटमा डा. भट्टराईले सोमबार आफ्नो प्रतिक्रिया लेखेका छन्, ‘पौडेल, बानियाँ, थापाहरुको सहमतिलाई सर्वदलीय हैन, एकल जातीय सहमतिभन्दा उपयुक्त होला ।’
उनले कमल थापालाई आफ्नो ‘सहपाठी’ र ‘मित्र’ भन्दै अगाडि लेखेका छन्, ‘नयाँ संविधानले समेत वहुजातीय भनेर स्वीकारीसकेको देशलाई एकल जातीय बनाउने हठले देशलाई दीर्घकालीन द्वन्द्वमा फसाउन सक्छ, फेरि पनि तपाईको पश्चगामी विचारको क्षणिक जितमा बधाइ छ ।’
डा. भट्टराईको भनाइप्रति थापाले लगत्तै प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘हाहाहा !! बाबुराम भट्टराई हसाउँनु हुन्छ ।’
हाहाहा!! @brb1954 हसाउँनु हुन्छ https://t.co/53bMROjcXR
— Kamal Thapa (@KTnepal) January 13, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण