मूल्य घटाएर एलसी खोल्ने बैंकहरुलाई कारबाही गर्ने चेतावनी (भिडियो सहित)
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले वस्तु आयातमा मूल्य घटाएर एलसी खोल्ने बैंकहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
बैंकहरुले १ सय रुपैयाँको वस्तुको ४० रुपैयाँ मूल्य निर्धारणमा एलसी खोल्ने गरेकोले विकृति बढेको बताए ।
सोमबार नेपाल चेम्बर अफ कमर्सको ६९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले बैंकहरुलाई अन्तर्राष्ट्रिय बजारमा भएका वस्तुहरुको मूल्य सूची सरकारले उपलब्ध गराउने र उक्त मूल्य अनुसार एलसी नखोले कारबाही गर्ने बताए ।
अर्थमन्त्री खतिवडाले कानूनको डर गल्ती गर्ने तथा अपराध गर्नेहरुलाई मात्र हुने भएकोले सम्पत्ती शुद्धिकरण तथा राजश्व अनुसन्धानको डर नमान्न व्यवसायीहरुलाई आग्रह समेत गरे ।
उनले आन्तरिक उत्पादनमा जोड दिन समेत व्यवसायीहरुलाई आग्रह गरे । सरकारले आन्तरिक उत्पादन बढाई निर्यात गर्ने व्यवसायीलाई कच्चापदार्थ, प्रविधि, उत्पादनको प्रकृया, प्याकेजिङ, ब्राण्डीङ, तथा निकासी अनुदान लगायतमा सहयोग गरेकाले त्यसको फाइदा लिन समेत आग्रह गरे ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले वस्तु तथा सेवाको निकासीमा सरकारले दिने अनुदान सहज प्राप्त नहुने भएकोले नेपालको उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न नसकेको बताए ।
अध्यक्ष श्रेष्ठले सरकारका नीति र व्यवहारका कारण अझैपनि व्यवसायीक वातावरण विग्रिएको बताए । अर्थमन्त्री खतिवडाले भने सरकारले संस्थागत आयकरको दर बढाएको छैन, मूल्य अभिवृद्धि कर पनि बढाएको छैन तर कसरी व्यवसायीक वातावरण विग्रियो भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण