थानकोटबाट राजस्व छलिका ७५ वटा मोबाइल बरामद
काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ३५ लाख बराबरको भन्सार छलिका मोबाइल बरामद गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट प्रहरी निरीक्षक हेमन्त थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्ला चन्द्रागिरी नगरपालिका– २ नागढुंगा चेकप्वाइन्टमा ३५ लाख बराबरको भन्सार छलिका मोबाइल बरामद गरेको हो ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना.६ख १५३४ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा बसको सिटमुनि लुकाई ल्याएको अवस्थामा ७५ वटा मोबाइल बरामद भएको जानकारी दिए ।
एप्पल कम्पनीको आइफोन ११ दुई, ओप्पो मोबाइल २२, भिभो मोबाइल ३६ ,रेदमी मोबाइल १३ र सामसुङ लेखिएको २ वटा मोबाइल बरामद भएको प्रमुख श्रेष्ठले बताए । बिल भर्पाई नभएको अवस्थामा मोबाइल बरामद भएको श्रेष्ठको दावी छ ।
श्रेष्ठले भने, ‘मोबाइल धनि तत्कालै कोही फेला नपरेको र कुनै तथ्यगत कागजातहरू समेत नभएको हुँदा उक्त मोबाइलहरू बरामद गरी आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भन्सार कार्यालय सानो गौचरण पठाइएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निजी क्षेत्रका समस्या आफैंले भोगेकी छु, संसद्मा यसलाई उठाउनेछु’
-
मदन भण्डारी कप भलिबल : टिप टप न्यु डायमन्ड र न्यु डायमन्ड एकेडेमी फाइनलमा
-
कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
-
बाँसबारी माध्यमिक विद्यालयले जित्यो अन्तर विद्यालय खुला फुटसलको उपाधि
-
एनओसी अवार्ड : करातेकी एरिका र उसुका विजय वर्ष उत्कृष्ट खेलाडी
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण