थानकोटबाट राजस्व छलिका ७५ वटा मोबाइल बरामद

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ३५ लाख बराबरको भन्सार छलिका मोबाइल बरामद गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट प्रहरी निरीक्षक हेमन्त थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्ला चन्द्रागिरी नगरपालिका– २ नागढुंगा चेकप्वाइन्टमा ३५ लाख बराबरको भन्सार छलिका मोबाइल बरामद गरेको हो ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना.६ख १५३४ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा बसको सिटमुनि लुकाई ल्याएको अवस्थामा ७५ वटा मोबाइल बरामद भएको जानकारी दिए ।
एप्पल कम्पनीको आइफोन ११ दुई, ओप्पो मोबाइल २२, भिभो मोबाइल ३६ ,रेदमी मोबाइल १३ र सामसुङ लेखिएको २ वटा मोबाइल बरामद भएको प्रमुख श्रेष्ठले बताए । बिल भर्पाई नभएको अवस्थामा मोबाइल बरामद भएको श्रेष्ठको दावी छ ।
श्रेष्ठले भने, ‘मोबाइल धनि तत्कालै कोही फेला नपरेको र कुनै तथ्यगत कागजातहरू समेत नभएको हुँदा उक्त मोबाइलहरू बरामद गरी आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भन्सार कार्यालय सानो गौचरण पठाइएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनको निर्णय तीन वडाध्यक्षहरूले गरे इन्कार
-
न्युरोडबाट २० लाखभन्दा बढी रकम सहित युवक पक्राउ
-
नेपाली युवा उद्यमी महासङ्घ बागमती कमिटी गठन, अध्यक्षमा खतिवडा
-
नेताज्यूहरू : नाच्न आएन कि आँगन टेडै हो ?
-
इच्छाराज सर्वोच्चबाट पनि दोषी ठहर, ३ वर्ष कैद र पौने दुई अर्ब जरिवानाको सजाय सदर
-
विद्यालय शिक्षा विधेयकका विषयमा समितिलाई बुझाइएको प्रतिवेदनमा के छ ?