अबको अभियान कृषिबाट नै आर्थिक विकास : कृषिमन्त्री भुसाल
बुटवल । कृषि मन्त्री घनश्याम भुसालले कृषिको विकासका लागि कुनै पनि कसर बाँकी नराख्ने बताएका छन् । रुपन्देहीका ४ वटा गाउँपालिका, मत्स्य सुपर जोन र मत्स्य उत्पादक किसान संघ रुपन्देहीको आयोजानमा रुपन्देहीको सियारी गाउँपालिका – ७ अमुवामा ५ दिने रुपन्देही मत्स्य, कृषि उद्घाटनमा कृषि मन्त्री भुसालले संघीय सरकार, स्थानीय निकाय र प्रदेश सरकारको प्रथमिकतामा कृषि क्षेत्र परेको बताए ।
उनले अहिले पनि विभिन्न समस्याहरु रहेको भन्दै कानुनमा धेरै कुरा परिर्वतन गरेर पनि व्यवहारिक रुपमा भने ठोस काम गर्न बाँकी रहेको बताए । उने भने, ‘हामी २० बर्षमा धेरै काम गरेका छौ, विश्वका कमै मात्रै व्याक्तिहरुले गरेको काम हामीले गरेका छौ ।’
हामी नेपाली एक ठाउँमा छौ भन्ने विशेष सन्देश प्रदान गर्न सफल भएको भन्दै मन्त्री भुसाल संविधान सभाबाट नै संविधान जारी भएको बताए । मन्त्री भुषालले संविधान मौलिक, हक अधिकारका विषयमा धेरै काम गर्न सफल भएको भन्दै खाद्य ऐन निर्माण गरिएको बताए ।
मन्त्री भुसालले अव आर्थिक विकासको लागि तयार भएको बताउँदै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
बेला–बेलामा विभिन्न समयमा तोड्न र फुटाउन विभिन्न जात –जातिबीच अनेक प्रयत्न भएको भन्दै अबयसो कहिलै नहुने उनले बताए ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, पशुपङ्क्षि तथा मत्स्य विकास निर्देशनालय, शुद्ध मत्स्य नस्ल सुधार केन्द्र, सैनामैनान गाउँपालिका, देवदह नगरपालिका रुपन्देहीको सहयोगमा महोत्सवको आयोजना गरिएको हो । मोहत्वस ५ दिनसम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण