धादिङको बेनीघाटस्थित झोलुङ्गे पुलबाट एक दम्पती दुई छोरासहित त्रिशूली नदीमा हामफाले
बिहीबार, ०२ माघ २०७६, २० : ३३
काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बेनीघाटमा रहेको त्रिशूली नदीको झोलुङ्गे पुलबाट एक दम्पती दुई नाबालक छोरासहित हामफालेका छन् ।
बिहीबार साँझ ६ बजेतिर काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ स्थित थानकोट घर भएका विनय लामिछाने र उनकी श्रीमती दुई नाबालक छोरासहित त्रिशूली नदीमा हामफालेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार त्रिशूली पुलबाट नदीमा हामफालेका उनीहरुमध्ये बिनयलाई जिवितै उद्दार गर्न सकिए पनि श्रीमतीको भने मृत्यु भएको छ । यस्तै दुई नाकाबलक छोराहरु वेपत्ता छन् । वेपत्ता हुने बालकहरु २ वर्ष र ६ महिनाको भएको प्रहरीले जनाएको छ ।
उनीहरु किन एकसाथ नदीबाट हामफाले भन्नेबारे खुल्न सकेको छैन । अहिले प्रहरीले बेपत्ता भएकाहरुको खोजीकार्य तीव्र बनाउनुका साथै घटनाबारे अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !
-
दानव नदीमा डुबेर बेपत्ता तीनमध्ये एक जनाको शव फेला
-
रास्वपा नेताहरूले भैरहवा आएर भने – लुम्बिनीमा लगानीको सम्भावना छ