धादिङको बेनीघाटस्थित झोलुङ्गे पुलबाट एक दम्पती दुई छोरासहित त्रिशूली नदीमा हामफाले
बिहीबार, ०२ माघ २०७६, २० : ३३
काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बेनीघाटमा रहेको त्रिशूली नदीको झोलुङ्गे पुलबाट एक दम्पती दुई नाबालक छोरासहित हामफालेका छन् ।
बिहीबार साँझ ६ बजेतिर काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ स्थित थानकोट घर भएका विनय लामिछाने र उनकी श्रीमती दुई नाबालक छोरासहित त्रिशूली नदीमा हामफालेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार त्रिशूली पुलबाट नदीमा हामफालेका उनीहरुमध्ये बिनयलाई जिवितै उद्दार गर्न सकिए पनि श्रीमतीको भने मृत्यु भएको छ । यस्तै दुई नाकाबलक छोराहरु वेपत्ता छन् । वेपत्ता हुने बालकहरु २ वर्ष र ६ महिनाको भएको प्रहरीले जनाएको छ ।
उनीहरु किन एकसाथ नदीबाट हामफाले भन्नेबारे खुल्न सकेको छैन । अहिले प्रहरीले बेपत्ता भएकाहरुको खोजीकार्य तीव्र बनाउनुका साथै घटनाबारे अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण