मुलुकको वर्तमान शासन प्रणाली खच्चड जस्तो: उपेन्द्र यादव
जनकपुर । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा प्रत्यक्ष राष्ट्रपतीय शासन प्रणाली हुनुपर्नेमा जोड दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित समाजवादी पार्टी मधेश प्रदेशले आयोजना गरेको संगठन विस्तार एवं सुदृढिकरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले नेपालको वर्तमान शासन प्रणालीलाई खच्चड जस्तो रहेको बताउँदै यसको अन्त्य गरी कार्यकारी राष्ट्रपतिय प्रणाली अप्नाउनुपर्नेमा जोड दिए ।
यादवले प्रधानमन्त्री लगायत मन्त्रीले जति भ्रष्टाचार गरे पनि यसलाई दुई वर्षसम्म केही गर्न नसकिने संवैधानिक व्यवस्था रहेको भन्दै देशमा समृद्धिको आशा गर्नु हावादारी हुने बताए । उनले यस्तो जटिल व्यवस्थामा देश समृद्धि कसरी हुनसक्छ भन्दै प्रतिप्रश्न समेत गरे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ ईंगित गर्दै भने– ‘जहाँ ४ कक्षा उतीर्ण शिक्षा मन्त्री, किडनी फेल प्रधानमन्त्री र अर्थबारे थाहा नभएको अर्थमन्त्री हुन्छ त्यस्ता देशको समृद्धिको परिकल्पना गर्नु नै हास्यापद छ ।’
उनले मधेश सहितका विभिन्न पहिचान र अधिकारको आन्दोलनपछि संविधानमा संघीयता त लेखियो तर कागजमै सिमित रहेको प्रति दुःखेसो प्रकट गरे ।
अध्यक्ष यादवले भने, ‘विश्वको कुनैपनि मुलुकमा प्रदेशको आफ्नो झण्डा, प्रशासन, संविधान र निर्णय गर्ने अधिकार हुन्छ, तर हाम्रो देशमा प्रदेशलाई पङ्गु बनाई केन्द्रिकृत एकात्मक शासन व्यवस्था लाद्न खोजिएको छ ।’ उनले प्रदेशलाई अधिकार सम्पन्न नबनाएसम्म देशमा संघियता कार्यान्वयन हुन नसक्ने दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण