कोरियामा रहेका कपिलवस्तुका युवाद्धारा बाढीपिडितलाई सहयोग
कपिलवस्तु –कपिलवस्तु शिवराज नगरपालिका बालापुर क्षेत्रबाट कामको शिलशिलामा कोरियामा बस्दै आएका युवाहरुद्धारा बाढिपिडितका लागि राहात रकम संकलन गरी नेपाल पठाएका छन् ।
कोरीयामा रहेका बालापुर क्षेत्रका १६ जना युवाहरुले रु ७५ हजार उठाई बाढिपिडितलाई सहयोग गरेका हुन् ।
उनिहरुले पठाएको रकम सहित इबुल टेकु शाखा, बाणगंगा यातायात ब्यवसायी समितिका कर्मचारी र बालापुर तथा शिवपुरका स्थानियहरुको सहयोगमा संकलन गरेको रु १ लाख ३४ हजार बराबरको खाद्यान्न सामाग्री बाकेको सोनारी गाउपालिका वडा नः ७ का बाढिपिडितहरुलाई बितरण गरिएको हो ।
सोनारी क्षेत्रका करिव ३ सय ६० जनालाई सामाग्री बितरण गरिएको थियो । थोरै मात्रामा भएतापनि बाढिपिडितहरुलाई सहयोग गरौ भन्ने उदेश्यका साथ रकम उठाएर पठाएको हाल कोरीयामा रहेका युवा प्रकाश पाण्डेले बताए ।
यस्तै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको समुह हेल्पीङ हेण्डले ५५ हजार बराबरको जगं फुड साथै लत्ता कपडा समेत राहत स्वरुप एक्टीभ युथ क्लवका ९ जना युवाहरुबाट बितरण गरीएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘च्याटजिपिटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण