मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियामा रहेका कपिलवस्तुका युवाद्धारा बाढीपिडितलाई सहयोग

बिहीबार, ०८ भदौ २०७४, १५ : ३९
बिहीबार, ०८ भदौ २०७४

कपिलवस्तु –कपिलवस्तु शिवराज नगरपालिका बालापुर क्षेत्रबाट कामको शिलशिलामा कोरियामा बस्दै आएका युवाहरुद्धारा बाढिपिडितका लागि राहात रकम संकलन गरी नेपाल पठाएका छन् ।
कोरीयामा रहेका बालापुर क्षेत्रका १६ जना युवाहरुले रु ७५ हजार उठाई बाढिपिडितलाई सहयोग गरेका हुन् ।
उनिहरुले पठाएको रकम सहित इबुल टेकु शाखा, बाणगंगा यातायात ब्यवसायी समितिका कर्मचारी र बालापुर तथा शिवपुरका स्थानियहरुको सहयोगमा संकलन गरेको रु १ लाख ३४ हजार बराबरको खाद्यान्न सामाग्री बाकेको सोनारी गाउपालिका वडा नः ७ का बाढिपिडितहरुलाई बितरण गरिएको हो ।
सोनारी क्षेत्रका करिव ३ सय ६० जनालाई सामाग्री बितरण गरिएको थियो । थोरै मात्रामा भएतापनि बाढिपिडितहरुलाई सहयोग गरौ भन्ने उदेश्यका साथ रकम उठाएर पठाएको हाल कोरीयामा रहेका युवा प्रकाश पाण्डेले बताए ।
यस्तै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको समुह हेल्पीङ हेण्डले ५५ हजार बराबरको जगं फुड साथै लत्ता कपडा समेत राहत स्वरुप एक्टीभ युथ क्लवका ९ जना युवाहरुबाट बितरण गरीएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप