पीएसजी फ्रेन्च कपको प्रिक्वार्टरफाइनलमा
सोमबार, ०६ माघ २०७६, ०९ : ३२
फ्रेन्च महारथि पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च कप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको खेलमा लोरिन्टलाई १–० गोलले हराउँदै पीएसजीले अन्तिम १६ मा स्थान बनाएको हो ।
लोरिन्टको मैदानमा खेलिएको प्रतिस्पर्धातमक खेलमा पीएसजीलाई जिताउन पाब्लो सरबियाले निर्णायक गोल गरे । पाब्लोले ८०औं मिनेटमा गोल गरेका थिए ।
अन्य खेलमा एन्जर्सले रोउनलाई ४–१, मोन्टपेलियरले केनलाई ५–०, डिजोनले निम्सलाई ५–० र रेनेसले एथ्लेटिको मार्सेलीलाई २–० गोलले हराउँदै अन्तिम १६ मा स्थान बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरि अधिकारीका तीन कविता
-
सदनको अवरोध हटाउन प्रधानमन्त्री अनौपचारिक संवादमा, कांग्रेस आक्रामक
-
दुई ठुला कम्पनीबिच कानुनी विवाद, रोकिन्छ रणवीरको ‘रामायण’को सुटिङ ?
-
सदनको अवरोध हटाउन अनौपचारिक संवादमा प्रधानमन्त्री
-
‘गृहमन्त्री संसदीय छानबिनका लागि तयार नहुँदा अचम्म लागेको छ’
-
सुदूरपश्चिमका ठूला योजना बजेट अभावले प्रभावित