खानासँगै अचार खानुहुन्छ ? यी १० कुरा जान्नुहोस्
स्वाद बढाउनका लागि हामी धेरैजसो खानासँगै अचार खाने गर्दछौं । विभिन्न स्वादको बोतल वा प्लाष्टिकमा प्याक गरिएको अचार बजारमा छ्याप्छ्याप्ती पाइन्छन् । तर यस्ता अचार खाने बानीका कारण उच्च रक्तचाप, क्यान्सर, हृदयघातजस्ता थुप्रै रोगको खतरा बढ्ने गर्दछ । वास्तवमा अचारमा धेरै नुन हुन्छ । यस्ता अचार धेरै खाँदा शरिरमा सोडियमको स्तर बढ्ने गर्दछ जसले थुप्रै समस्या निम्त्याउने गर्दछ । नियमित यस्ता अचार खानुका बेफाइदा बारे हामी जानकारी दिँदैछौं ।
अचारमा सोडियमको मात्रा निकै धेरै हुन्छ जसले शरिरमा क्याल्सियमको मात्रालाई कम गरिदिन्छ । यसले हड्डी कमजोर बनाउँछ जसले अस्टियोपोरोसिसको खतरा बढ्ने गर्दछ ।
रक्तचापः
खानामा धेरै अचार समावेश गर्दा शरिरमा सोडियमको मात्रा बढ्ने गर्दछ । यसले उच्च रक्तचापको आशंका बढ््ने गर्दछ ।
मुटुः
अचारमा समावेश सोडियमले रक्त संचारलाई बिगार्छ । यसले मुटुको समस्याको आशंका बढ्ने गर्दछ ।
तौल बढाउँछः
अचारमा हुने सोडियमले शरिरमा आइरनको मात्रालाई कम गरिदिन्छ । यस्तो अवस्थामा शरिरमा बोसो बढ्ने गर्दछ ।
हृदयघातः
खाना खाँदा धेरै अचार खाँदा रक्त संचार बिग्रने भएकाले यसले दिमागमा नराम्रो असर पुर्याउँछ । यसो हुँदा स्ट्रोकको खतरा बढ्ने गर्दछ ।
क्यान्सरः
धेरै अचार खाँदा शरिरमा सोडियमको मात्रा बढ्ने गर्दछ । यसले पेटको क्यान्सर हुने खतरा पनि बढ्ने गर्दछ ।
मृगौलाः
अचारमा पाइने सोडियमले क्याल्सियमलाई गलाएर मृगौलासम्म पुर्याउँछ । यसले पत्थरीको समस्या निम्त्याउँछ ।
कपाल झर्छः
अचारमा पाइने सोडियमले कपाल झर्ने समस्या निम्त्याउँछ ।
पानीको कमीः
अचारमा रहेको सोडियमले शरिरमा पानीको कमी पैदा गरिदिन्छ ।
मधुमेहः
गुलियो अचारमा चिनीको मात्रा धेरै हुन्छ । खानामा यसलाई धेरै समावेश गर्दा मधुमेह रोगको प्रबल सम्भावना हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा
-
बागमती सरकार गठनका लागि नेकपाद्वारा ५ सदस्यीय वार्ता टोली गठन
-
आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण
-
फेरिए दुई विभागका डीजी, सिँचाइमा श्रेष्ठ र विद्युत् विकास विभागमा गौतम
-
रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमणले सरकारलाई कस्तो पार्ला प्रभाव ?
-
मुग्लिन–नारायणगढ सडकमा लेन अनुसाशन कायम गर्न चालकलाई आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण