प्रधानमन्त्रीद्वारा सशस्त्र प्रहरी बलको प्रशंसा
काठमाडौँ । प्रधामन्त्री केपी शर्मा ओलीले सशस्त्र प्रहरी बलले शान्ति, सुरक्षा, सुशासनलगायत क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेका छन् ।
१९औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीले स्थापना कालदेखि नै शान्ति सुरक्षा, आतङ्कवादी क्रियाकलाप नियन्त्रण, जनताको जीउधनको सुरक्षा गर्दै सुशासन कायम गर्ने सन्दर्भमा इमानदारी र निष्ठापूर्वक काम गरेको बताए ।
उनले देश र जनताको पक्षमा क्रियाशील हुँदै आफ्नो जीवन अर्पण गर्ने सशस्त्र प्रहरी बलका सम्पूर्ण दर्जाका शहीद प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे ।
प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीले बाढीपहिरो, आगलागी, भूकम्प वा अन्य कठिनाइपूर्ण समयमा समेत असाधारण योगदान गरेको भन्दै विसं २०७२ को महाभूकम्पको बेला सशस्त्र प्रहरीले निभाएको कर्तव्य अतुलनीय रहेको बताए । सरकार संविधान कार्यान्वयन एवं सुशासन कायम गर्दै तीव्र विकासको बाटोमा अगाडि बढिरहेको उनले दावी गरे । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल निर्माणसँगै गरिबी, निरक्षरता र पछौटेपनको अन्त्य गरी विकसित र समृद्ध आधुनिक समाजको निर्माण गर्ने अभियानमा सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, “सिङ्गो राष्ट्र सुशासन र विकासमा जुटेको छ, समृद्ध नेपालका लागि राष्ट्रभित्र राज्यका सबै अङ्गहरु, नागरिक समाजदेखि सर्वसाधारण नागरिकको योगदान आवश्यकता छ, यो आवश्यकता सशस्त्र प्रहरीेले पूरा गरिरहेको छ ।”
गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीले राष्ट्रको सीमा सुरक्षा एवं विपत् व्यवस्थापन र जुवा नियन्त्रणको क्षेत्रमा उल्लेख्य काम गर्दै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण