बाग्मती प्रदेशमा शहीद सप्ताह शुरु
काठमाडौं । बाग्मती प्रदेश सरकारको आयोजनामा आजदेखि राजधानी हेटौंडामा शहीद सप्ताह शुरु भएको छ । साताव्यापी रुपमा मनाउन लागिएको कार्यक्रमको आज मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाको बुद्धचोकमा शुभारम्भ गरे ।
साताव्यापी कार्यक्रमअन्र्तगत आज बुद्धचोकबाट शहीद स्मारकसम्म पदयात्रा गरिएको छ । पदयात्रामा मुख्यमन्त्री पौडेलसहित प्रनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभाका सदस्यलगायत जनप्रतिनिधिको सहभागिता थियो । पदयात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीलसहित सर्वसाधारणको सहभागिता थियो । बुद्धचोकबाट शुरुभएको पदयात्रा स्मारकमा पुगेर समापन भएको थियो ।
बाग्मती प्रदेश सरकार र सहिद स्मारक विकास समिति हेटौंडाले आजदेखि यही माघ १६ गतेसम्म शहीद सप्ताह मनाउन लागेको हो । सप्ताहव्यापी रुपमा मनाउने कार्यक्रममा म्याराथुन, वक्तित्वकला प्रतियोगिता, विभिन्न साहित्यिक कार्यक्रम, राष्ट्रियस्तरका कलाकालको सांस्कृतिक कार्यक्रम, स्थानीय जातजातीको मौलीकता झल्कने सांस्कृतिक कार्यक्रम गरिने स्मारक विकास समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण