समाजवादी विद्यार्थी युनियनले बोलायो केन्द्रीय समिति बैठक
शुक्रबार, १० माघ २०७६, १५ : ०८
काठमाडौं । समाजवादी विद्यार्थी युनियनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । सो संगठनले माघ १४ र १५ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाएको हो । बैठकमा स्ववियु निर्वाचनको तयारी, एजेण्डा निर्माण र केन्द्रीय समितिका सदस्यको कार्यविभाजन गरिने अध्यक्ष रूपनारायण श्रेष्ठले जानकारी दिए ।
‘स्ववियुको चुनावको तयारी, त्यसको एजेण्डा निर्माण र केन्द्रीय समिति सदस्यको कार्य विभाजन गर्न बैठक बोलाएका हौँ,’ अध्यक्षले भने । उनले विद्यार्थी युनियनको केन्द्रीय समिती समायोजको काम सकिएको जानकारी दिँदै प्रदेशको समायोजन स्ववियु निर्वाचनपछि सम्पन्न गर्ने जानकारी दिए । त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचन मिति १४ फागुनलाई तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक : उपाध्यक्ष पाण्डे
-
राम्रा योजनालाई निरन्तरता दिन्छौँ : मुख्यमन्त्री महरा
-
झिनो अंकले नेप्से सूचक बृद्धि, ४ अर्ब २३ करोड माथिको कारोबार
-
बजारमा माग बढेपछि जुनेलो र फापर खेती गर्दै किसान
-
अरहान्त, अमिर, बिपना र स्वस्थानी राष्ट्रिय र्याङ्किङ स्क्वासको फाइनलमा
-
शर्मा किर्गिजस्तानको अवैतनिक वाणिज्यदूत नियुक्त, सीतापाइलामा खुल्यो कार्यालय