समाजवादी विद्यार्थी युनियनले बोलायो केन्द्रीय समिति बैठक
शुक्रबार, १० माघ २०७६, १५ : ०८
काठमाडौं । समाजवादी विद्यार्थी युनियनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । सो संगठनले माघ १४ र १५ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाएको हो । बैठकमा स्ववियु निर्वाचनको तयारी, एजेण्डा निर्माण र केन्द्रीय समितिका सदस्यको कार्यविभाजन गरिने अध्यक्ष रूपनारायण श्रेष्ठले जानकारी दिए ।
‘स्ववियुको चुनावको तयारी, त्यसको एजेण्डा निर्माण र केन्द्रीय समिति सदस्यको कार्य विभाजन गर्न बैठक बोलाएका हौँ,’ अध्यक्षले भने । उनले विद्यार्थी युनियनको केन्द्रीय समिती समायोजको काम सकिएको जानकारी दिँदै प्रदेशको समायोजन स्ववियु निर्वाचनपछि सम्पन्न गर्ने जानकारी दिए । त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचन मिति १४ फागुनलाई तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण